Logo

गण्डकी प्रदेशबाट ढकाल प्यानलको पक्षमा सर्वसम्मत निर्णय, ढकाल भन्छन्-तपाईहरुको आशा मर्न दिने छैन

गण्डकी प्रदेशबाट ढकाल प्यानलको पक्षमा सर्वसम्मत निर्णय, ढकाल भन्छन्-तपाईहरुको आशा मर्न दिने छैन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तरगतका सम्पूर्ण अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानललाई भोट हाल्ने निर्णय गरेका छन् । आईतबार चुनावी दौरानमा रहेको ढकाल प्यानललाई स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिबवहादूर कोइरालाले आफ्नो प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षले ढकाल प्यानललाई भोट हाल्ने निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिएका हुन् ।

laxmi

महासंघको नेतृत्व गर्ने व्यक्ति आर्थिक, भौतिक, नैतिक र शारिरीक रुपमा समेत समक्ष हुनुपर्ने भन्दै अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा ढकालको विकल्प नरहेको समेत उनले बताए । ‘हामी उद्योगी व्यवसायीका लागि जतिवेला समस्या पर्दा पनि उपलब्ध भएर समस्या समाधानमा खटिने ढकालजस्तो व्यक्तिलाई धेरै समयपछि नेतृत्वमा पाएको छौं,’ उनले भने । साथै किशोर प्रधानजस्तो महासंघको नशा लागेको व्यक्ति नेतृत्वमा पुगेर आफुहरुको समस्या समाधान गर्न नसक्ने समेत उनले बताए ।

कार्यक्रममा उपस्थित गण्डकी प्रदेशका १३ जिल्ला तथा नगरका अध्यक्षहरुले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधी तिवारीलाई जिताउनु आफुहरुको दायित्व रहेको समेत बताएका थिए । ‘वाग्लुङ जिल्लामा जन्मिएर साना व्यवसायबाट सुरु गरी ठूलो व्यवसायसम्म सफलतापूर्वक संचालन गरिसक्नु भएका ढकाल र डेढ दशकदेखि जिल्ला नगरकै समस्यासँग जुध्दै आएका गुणनिधी तिवारीलाई नेतृत्वमा पाएको छौं,’ कार्यक्रममा उपस्थित १३ ओटै जिल्ला नगरका अध्यक्षहरुले एउटै स्वरमा भने, ‘हामी उद्योगी व्यवसायीका समस्यालाई सरकारसँग राख्दै समस्या समाधानका लागि पनि ढकाल प्यानललाई जिताउनु जरुरी छ ।’

सो कार्यक्रममा गण्डकी प्रदेश अन्तरगत लमजुङ जिल्लाका अध्यक्ष राजेश थापा, बाग्लुङ अध्यक्ष युवराज राजभण्डारी, पर्वत अध्यक्ष केदारनाथ शर्मा, स्याङजा अध्यक्ष विक्रान्त श्रेष्ठ, पोखराका कार्यबाहक अध्यक्ष नारायण पराजुली, लेखनाथ अध्यक्ष बलराम ढकाल, देवचुली अध्यक्ष रेशमराज सापकोटा, नवलपुर अध्यक्ष डासुराम पोखरेल, शुक्लागण्डकी अध्यक्ष हरिकुमार श्रेष्ठ, गल्याङ अध्यक्ष यज्ञप्रसाद अर्याल, गैडाकोट अध्यक्ष अमृत भट्टचन, वालिङ अध्यक्ष शोभाकान्त पौडेल र म्याग्दीको प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष कुविरकुमार श्रेष्ठ उपस्थित भएका थिए । अन्य ३ जिल्लाका अध्यक्षले भने कोभिड र पारिवारिक समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गिराएका थिए । साथै उक्त कार्यक्रममा अन्य प्रदेशका पनि २० भन्दा बढी जिल्ला तथा नगरका अध्यक्षहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा उपस्थित अध्यक्षहरुले ढकाल प्यानललाई महासंघ पूर्व अध्यक्ष चण्डीराज ढकाल जस्तो व्यक्ति सारथीको रुपमा रहेकाले पनि यस टीमको जित सुनिश्चित भैसकेको उद्घोष गरेका थिए ।

कार्यक्रमा सबै उपस्थित अन्य जिल्ला नगरको अध्यक्षहरुको प्रतिनिधित्व गर्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले यस अघि महासंघका आफ्ना साथीहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघ केन्द्रिय सदस्य किशोर आचार्यको दुर्घटना हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल उद्दार कार्यमा खटिएर कुशल अविभाकत्व प्रदान गरिसकेको जानकारी दिँदै महासंघका ढकाल प्यानलको विकल्पन नभएको बताए । ‘दुर्घटनामा परेका हाम्रा साथीहरुको उद्धारका लागि ढकाल उहाँहरु जसरी खटिनु भएको आजसम्म अरु साथीहरु त्यसरी खटिएको थाहा छैन,’ उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले जिल्ला नगरका अध्यक्षहरुको गुनासोलाई सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि यसअघि देखिएका जिल्ला नगरका साथीहरुको गुनासो आगामी दिनमा आउन नदिने वचनबद्धता व्यक्त गरेका थिए । ‘सूदूरपश्चिमको धनगढीदेखि गण्डकी प्रदेशसम्म आईपुग्दा सबैजसो जिल्ला नगरका साथीहरुले नेतृत्वले फोन उठाएन, महासंघको साख खस्यिो भन्ने गुनासो गर्नुभएको छ,’ उनले भने, ‘म महासंघमा पुगेसँगै यी दुबै समस्या तत्काल सम्बोधन हुनेछ ।’ साथै आफ्नो ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको र आफु महासंघको नेतृत्वमा रहँदा वा नरहँदा पनि व्यवसायीक समस्या समाधानका लागि हरेक क्षण खटिने समेत उनको भनाई थियो ।

महासंघको नाम भजाएर कमाउने होइन योगदान गर्न सक्ने व्यक्ति नेतृत्वमा जानुपर्ने भन्दै अहिले व्यवसायीक नेतृत्वको लविङ नपुग्दा व्यवसायीमैत्री नीति नियमहरु आउन नसकिएको बताए । अहिले प्रतिस्पर्धीहरुले मानवीय सम्वेदनका विषयलाई लिएर समेत व्यक्तिगत रुपमा आक्षेप लगाएको जानकारी दिँदै अबका दिनमा त्यस्ता खालका निकृष्ट काम नगर्न समेत आग्रह गरेका थिए ।

यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले महासंघको विधानमा रहेको जिल्ला नगरको ५० प्रतिशत अधिकारको लागि पनि उक्त पदमा जिल्ला नगरकै प्रतिनिधित्व गर्ने व्यक्तिलाई जिताउनुपर्ने बताए । ‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि पनि यस पटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ ।’

साथै कोभिडका कारण जिल्ला नगरका कतिपय व्यवसायीले आत्महत्या गर्न बाध्य भएको र धेरैजसो उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउँदै आफु नेतृत्वमा पुगेसँगै त्यस्ता समस्या समेत सम्बोधन गरिने बताए । आफु निर्वाचित भएर गएसँगै जिल्ला नगर परिषद्लाई चलायमान बनाई जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान गर्न तत्पर रहने बताए । आफ्नो अधिकार मागेर होइन खोसेर लिनुपर्ने भन्दै त्यसका लागि पनि जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्ति उपाध्यक्ष हुनुपर्ने उनको भनाई थियो ।

यसैगरी कार्यत्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको खस्किएको साख उचो पर्दै व्यवसायीका समस्या समाधान गर्नकै लागि यसपटक चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमलाई जीताउनु पर्ने बताए । ‘यस अघि अध्यक्ष भएका कतिपय साथीहरु केन्द्रिकृत भएर बस्नु भयो त्यसैले पनि तपाई जिल्ला नगरका साथीहरुले गरेका गुनासाहरु ठिक हुन,’ जिल्ला नगरका अध्यक्षहरुको गुनासो सम्बोधन गर्दै उनले भने, ‘अहिले जिल्ला नगरका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी २ दशकदेखि जिल्ला नगरकै साथीहरुको समस्यासँग जुध्दै आउनु भएको र चन्द्र ढकालको सानादेखि ठूला व्यवसायसम्म सफलरुप संचालन गर्दै ७७ वटै जिल्लामा आफ्ना व्यापार व्यवसाय फैलिएका कारण अबका दिनका यो टीमले सबैलाई समेटेर अघि बढ्नेछ ।’

कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, केन्द्रिय सदस्य डिवी वस्नेतलगायले अहिलेको अवस्थामा महासंघ नेतृत्वमा रहेर व्यवसायीका समस्या समाधानका लागि चन्द्र ढकाल जत्तिको व्यक्ति अरु नभएका आफुले पनि समर्थन गर्दै अघि बढेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL