Logo

बिहीबार थपिए कोरोनाका २ हजार ३६४ संक्रमित, काठमाडौं उपत्यकाका १ हजार ६१५ जनामा संक्रमण पुष्टि

बिहीबार थपिए कोरोनाका २ हजार ३६४ संक्रमित, काठमाडौं उपत्यकाका १ हजार ६१५ जनामा संक्रमण पुष्टि



काठमाडौं । नेपालमा बिहीबार थप २ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप उक्त संख्यामा संक्रमित थपिएका हुन् । यो सँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या ३८ हजार ९ सय ५२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट बिहिबार १७ जनाले ज्यान गुमाएका छन्। यो सँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ।

आज काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय १५ जना कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३ सय ३८, ललितपुरमा १ सय ८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL