Logo

मंगलबार थपिए कोरोनाका ५७० जना संक्रमित, ३ हजार १६८ जना डिस्चार्ज, १४ जनाको मृत्यु

मंगलबार थपिए कोरोनाका ५७० जना संक्रमित, ३ हजार १६८ जना डिस्चार्ज, १४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ५ सय ७० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिएको जानकारीअनुसार विभिन्न जिल्लामा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार २४ घन्टामा ३ हजार १ सय ६८ जना कोरोनाबाट निको भएका छन् भने १४ जनाले ज्यान गुमाएका छन्। मंगलबारसम्म नेपालमा १ लाख ६० हजार ४ सय जनामा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये १ लाख १८ हजार ८ सय ४३ जना निको भएका छन्।

अहिलेसम्म कोरोनाबाट ८ सय ७६ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL