Logo

२० हजार बढीको पीसीआर परिक्षण गर्दा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु

२० हजार बढीको पीसीआर परिक्षण गर्दा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु



काठमाडौां । बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ।

यस्तै आज २ हजार ९ सय ९६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको मन्त्रालयले जनाएको छ।

थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ। पछिल्लो २४ घण्टामा २० हजार बढीको पिसिआर परीक्षण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This