Logo

प्रसारण लाइन ठेक्का प्रकरणमा कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफल गरिने

प्रसारण लाइन ठेक्का प्रकरणमा कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफल गरिने


रक्षा रेग्मी
0
Shares

सर्वोच्च अदालतले सोलु कोरिडोरको विद्युत प्रसारण लाइन ठेक्का प्रकरणमा कारण देखाउ आदेश जारी गरेको छ । विद्युत प्राधिकरणका कर्मचारीमाथि गरिएको कारवाहीबारे कारण देखाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको हो ।

विहीबार सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले अख्तियारलाई कारण देखाउन भनेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्जामन्त्री राधा ज्ञवालीसहित विद्युत प्राधिकरण सञ्चालक समितिका पदाधिकारीलाई कारवाहीको सिफारिस गरेको थियो ।

साथै अख्तियारले उर्जामन्त्री राधा ज्ञवालीलाई सो प्रकरणमा कारवाही गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

अख्तियारले गरेको कारवाहीको अन्यायपूर्ण भएको भन्दै प्राधिकरणका मनोजकुमार मिश्रलगायतले अन्तरिम आदेशका लागि रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL