अब होम आइसोलेसनमा संक्रमितको मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने, यस्तो बन्यो मापदण्ड


बिजखबर संवाददाता
18 October, 2020 2:37 pm

Corona_patient_dead_body

काठमाडौं । सरकारले होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने गरी शव व्यवस्थापन सम्बन्धी कार्यविधि तयार गरेको छ।
ि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन सम्बन्धि कार्यविधि संशोधन गर्दै होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै शवको व्यवस्थापन गर्नुपर्ने मापदण्ड बनाएको हो।

Tansen-Webbanner-(200x200)-pxl
bajaj
yamaha

उक्त कार्यविधिअनुसार संक्रमितको होम आइसोलेसनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधिलाई वा प्रहरीलाई खबर गरी परिवारका सदस्यहरुले अन्तिम संस्कारमा सजगता अपनाई अन्त्येष्टि गर्नुपर्ने उल्लेख छ ।

Nabil_bank

व्यक्तिगत सुरक्षाका सामग्री जस्तै– पञ्जा, मास्क, पूरा बाहुला भएको गाउन प्रयोग गरी शवलाई सुरक्षित रुपमा बाँधेर बडी ब्यागमा आफन्तले नै राख्नुपर्नेछ।

यस्तो कार्यमा बच्चा र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलगायत जोखिम समूहमा पर्ने व्यक्तिलाई समावेश गराउन नहुने कार्यविधिमा उल्लेख छ । हालसम्म कोरोना संक्रमितको मृत्यु भएमा सरकारले नै शव व्यवस्थापन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्