Logo

‘नेपाल भेन्डिङ’लाई चिया र कफीका पारखीको पर्यायवाची बनाउने दिनेशको सपना

‘नेपाल भेन्डिङ’लाई चिया र कफीका पारखीको पर्यायवाची बनाउने दिनेशको सपना



काठमाडौं । मोफसलबाट राजधानी उच्च शिक्षाका लागि आउनेहरुको सपना हुन्छ, कुनै न कुनै रुपमा सफल बन्ने । डेढ दशक अघि प्रवेशिका उत्तीर्ण भएर राजधानी नजीकको जिल्ला तनुहँबाट उच्च शिक्षाको अभिलाषा लिएर काठमाण्डौ आएका दिनेश कार्कीले एमबीएसम्मको अध्ययनलाई निरन्तरता दिए । नेपाल र थाईलैण्डको अध्ययनपश्चात उनले एमबीए अध्ययन पुरा गरे । त्यसपछि स्वदेशमै केही गनुपर्छ भन्ने योजना बनाए । योजनालाई मूर्त रुप दिने क्रममा उनले अर्काको अधिनमा जागीर खाने भन्दा पनि आफै उद्यमी हुने विश्वास जगाए । अध्ययनले पाएको ज्ञान र सिप अनुसार कार्कीले ट्रेडिङ विजनेस शुरु गरे । उनका लागि परिवार र बैंक सहयोगी बनेपछि विजनेस संभव भयो ।

यतिवेला उनले चिया र कफी पारखीहरुलाई भेन्डिङ (ईलेक्ट्रिक) मेसिनमा बनेको चिया-कफीको स्वाद टेष्ट गराउँदै व्यवसायलाई विस्तार गर्न अभ्यस्त छन् । परम्परागत रुपमा चुलो मैं पकाएर चिया र कफी खान सिकेको नेपाली समाजमा उनले ईलेक्ट्रिक मसिनमा बनेको चिया-कफीको स्वादमा अभ्यस्त गराउनल लागि परेका छन् । त्यसका लागि उनले भेन्डिङ (चिया-कफी बनाउने ईलेक्ट्रिक मेसिन) मेसिनको आकार आफै डिजाइन गरेर भारतको एक प्रख्यात कम्पनीलाई नेपालको बजारबारे जानकारी गराए । नेपालको बजारको जानकारीसँगै कार्कीको प्रस्तावलाई स्वीकारेर कम्पनीले उनकै डिजाइनिङ अनुसारको भेन्डिङ मेसिन तयार गरिदियो । मेसिन तयार भएपछि नेपाल ल्याएर कार्कीले करिब दुई वर्ष ट्रायल बेसमा काम गरे ।

ट्रायल पिरियडमा बजारको अनुसन्धान मात्र नभएर उपभोक्ताको जिव्रोलाई पनि अनुसन्धान गरे । कार्कीले व्यवसाय र उपभोक्ताको सुझावलाई ध्यान दिएर मेसिनको आकार,प्रकार र टेष्टमा बहुआयामिक बनाएको बताए । त्यसै अनुसार बजार विस्तार पनि गरिरहेका छन् । यही व्यवसायमा उनले आफ्नो भविष्य उज्ज्वल देखेका बताउँछन् । ‘मलाई विदेशको मोह जागे पनि यही केही भन्ने लाग्यो ।’ अहिले त्यही मेसिन नेपालमा सप्लाई गरेर व्यवसायलाई अघि बढाएका छन् ।

त्यसका लागि उनले, नेपाल भेन्डिङ प्रा.लि नामको कम्पनी दर्ता गरेर मेसिनसँगै विभिन्न स्वादका चिया र कफी सप्लाईलाइ गति दिएका छन् । खासगरी शहरी चिया र कफीका पारखीलाई मेसिनबाट बनेको फरक स्वादको चिया÷कफीको स्वादमा अभ्यस्त गराउन उनी लागिपरेका छन् । अध्ययनपश्चात ०७३ सालबाट शुरु गरेको उक्त व्यवसायले विस्तारै गति लिएको उनी बताउँछन् । आईटीमा पनि उत्तिकै अभ्यस्त कार्कीले प्रबिधीको सहारामा ग्राहक र उपभोक्तासम्म आफ्ना उत्पादन लिएर पुग्ने गरेको बताउँछन् । भेन्डिङ मेसिन, दुध, चिया र कफी उनको कम्पनीले सप्लाई गर्छ ।

खासगरी उनले आफैले कफी हाउस सञ्चालन गरेको अनुभवले नेपालमा भेन्डिङ मेसिन बनाएर सप्लाई गर्ने योजना उनले बनाएका हुन् । अध्ययन गर्दा दुई वर्षको प्रयासमा उनले आफ्नो कौतुहुलतालाई आकारमा उर्तान सफल भएका हुन् । कम्प्युटरमा आकार उतारेका कार्कीले उत्पादनका लागि भारत मुम्बइ्र्रस्थित कम्पनीलाई प्रस्ताव गरे । कम्पनीले सहकार्यका लागि प्रस्ताव स्वीकारे पछि मेसिन तयार गरिदियो । पहिलो पटकमा करिब १ सय भेन्डिङ मेसिन भारतको मुम्बईबाट झिकाए । राजधानी काठमाण्डौंमा उनले सप्लाई गरे । प्रबिधियुक्त स्वचालित उक्त मेसिन बिक्रीसँगै एक बर्षसम्म मर्मत सम्भारको जिम्मेवारी पनि कम्पनीले नैं लिने कार्की बताउँछन् ।

करिब २ वर्षको अन्तरमा १ सय मेसिन खपत गरेपछि यतिवेला उनले दोस्रो पटक झिकाएका नेपाली डिजाइनिङका भेन्डिङ मेसिन नेपालमा बिक्रि गरिरहेका छन् । कोभिड–१९ का कारण लकडाउन भएको बजार खुलेसँगै यतिवेला फेरी मेसिनको माग बढ्दो छ । कोभिड–का कारण बाहिरको वातावरणमा हिडडुल गर्न नचाहनेका लागि घर, अफिस र क्यानटिन हाउसमै चिया बनाउन सहज हुने भएकोले माग बढेको उनी बताउँछन् । हिउँदको जाडोसँगै आफ्नो व्याबसाय फस्टाउने कार्कीले विश्वास छ । एकै पटकमा कालो चिया, दुधको चिया, क्यापिचिनो, कफीका विभिन्न स्वाद तयार गर्न सक्ने भेन्डिङ मेसिन नेपाली उपभोक्तालाई ध्यान दिएर बनाएको कार्की बताउँछन् । न्युनत्तम ३८ हजार देखि ९८ हजार रुपैयाँ पर्ने उक्त मेसिन घर, कार्यलय र चिया÷ कफी हाउसका लागि उपयुक्त हुने उनको भनाई छ ।

विजुलीको कम खपत, समयको बचत, लागत कम र आफुले चाहेको स्वादमा तत्काल चिया र कफी तयार गर्न सकिने भएकाले प्रयोगकर्ताहरुले मेसिन उपयोग गर्न उपभोक्ता खुशी हुने गरेका छन् । साथै स्वाद पनि मन पराउने गरेका छन् । कार्की भन्छन् ‘विदेश जानु भन्दा यहीको संर्घषमा रमाउछु । त्यसैले आफ्नै योजना र प्रयासले व्यवसाय गर्न शुरु गरेको हुँ ।’

अहिलेसम्म १ करोड भन्दा लगानी गरेको व्यवसायमा करिब ६ जनालाई प्रत्यक्ष रोजगारी दिन पाएकोमा आफ्नो खुशी भएको बताउँछन् । आगामी दिनमा चिया र कफीको उत्पादनसँगै र प्रोडक्सनसम्मको कार्कीले योजना बनाएका छन् । दोस्रो इनिङमा नेपाल भेन्डिङलाई सफल बनाउदै नेपाली बजारमा ब्राण्ड कायम गर्ने उनको सपना छ । दिनेश भन्छन् चिया र कफीका पारखीलाई नेपाल भेन्डिङ पर्यायवाची बनाउने सपना छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL