Logo

सिटिभी मोबाईलले ल्यायो ‘स्क्रयाच एण्ड वीन अफर’, मोबाइल खरिदमा १० हजारसम्म छुट

सिटिभी मोबाईलले ल्यायो ‘स्क्रयाच एण्ड वीन अफर’, मोबाइल खरिदमा १० हजारसम्म छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
१६ असोज,काठमाडौं । सिटिभी मोबाईलले दशैं तिहारलाई लिक्षत गर्दै ‘स्क्रयाच एण्ड वीन अफर’ सहित हात खाली नजाने उपहार योजना ल्याएको छ ।

योजना अन्तर्गत आइफोन ६, सामसुङ नोट ५, बिभिन्न कम्पनीका स्मार्टफोन, म्याकबुक, आइप्याड मिनी, क्यामेरा, गोल्ड क्वाइन, सिल्भर क्वाइन र मोबाइल एशोसरिज उपहारमा राखिएको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
हरेक मोबाइलको खरिदमा ५ सय देखि १० हजार रुपैयाँसम्म स्क्रयाच कार्डमार्फत क्यास छुटको व्यवस्था गरिएको र जुनसुकै मोबाइलको खरिदमा पनि हातखाली नजाने उपहार राखिएको पनि कम्पनीले बताएको छ ।

योजना अन्तर्गत उपभोक्ताहरुले ताम्राकार कम्प्लेक्सको पसल नं १२,१३ र ३३ तथा चाबहिलस्थित के.एल.टावरको पसल नं एफ २८ मा रहेको सिटिभी मोबाइलको आउटलेटबाट मोबाइल खरिद गर्नुपर्नेछ । योजना असोज १६ गतेबाट कार्तिक २८ गते सम्म लागु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL