Logo

एनआरएनको कोषाध्यक्षमा चिरञ्जीवीको उम्मेदवारी, संस्थागत विकास प्राथमिकतामा

एनआरएनको कोषाध्यक्षमा चिरञ्जीवीको उम्मेदवारी, संस्थागत विकास प्राथमिकतामा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

गैर आवासीय नेपाली (एनआरएन)संघको चुनाव नजिकिँदै जादा विभिन्न पदमा उम्मेदवारी दिने क्रम बढेको छ । आगामी चुनावको लागि एनआरएन आइसीसी कोषाध्यक्ष पदमा चिरञ्जीवी थापाले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । लामो समय एनआरएनमा सक्रिय थापाले संस्थालाई थप शसक्त र सक्षम बनाउनका लागि आफुले उम्मेद्वारी घोषणा गरेका बताएका छन् ।

एनआरएनको संस्थागत विकासमा सामुहिक नेतृत्वको भुमिका खेल्दै पारदर्शी कोष प्रणालीलाई अझ सुस्वथ्य र व्यवस्थित बनाउनका लागि आफुले उम्मेद्वारी दिएको थापाले बताए । नेपालको नवनिर्माणका लागि विभिन्न देशबाट आर्थिक स्रोत जुटाउने, देशमा भइरहेको आर्थिक तथा राजनीतिक संकट समाधानका लागि पहल गर्ने, देशमा बढीभन्दा बढी बैदेशिक लगानी भित्र्याएर आर्थिक रुपमा सम्पन्न बनाउन नेतृत्वदायी भुमिका निर्वाह गर्नेजस्ता एजेण्डा लिएर चुनावी मैदानमा आएका छन् ।

विशेषगरी आफुले नेपालबाट विभिन्न देशको रोजगारीमा गएका कामदारको हक, हित र सुरक्षालाई उच्च प्राथमिकता दिएको थापाले बताए । ‘अहिले पनि नेपालबाट मलेशिया तथा खाडी मुलुकको रोजगारीमा गएका नेपाली कामदारको अवस्था एकदमै दयनीय छ,’ उनले भने, ‘उनीहरुको सामाजिक सुरक्षाका तथा काम अनुसारको दामका लागि सम्बन्धित मुलुकका रोजगारदाता र सरकारसँग लविङ गर्नेछु ।’

Chiranjibi-Thapa

लामो समयदेखि एनआरएनमा सक्रिय थापा एनआरएन जापानको सदस्य हुँदै सल्लाहाकारजस्ता मुख्य जिम्मेवारी सम्हालिसकेका छन् । उनीसँग एनआरएन जापान एनसीसीको कार्यवाहक अध्यक्ष भएर समेत काम गरिसकेका अनुभव छ । नेपालमा हुने हरेक सम्मेलनमा सक्रिय भुमिका निर्वाह गर्दै आएका थापाले नेपालको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न उल्लेख भुमिका निर्वाह गरेका छन् । उनले आफ्नो संयोजकत्वमा २ पटक जापान–नेपाल महोत्सव समेत गराएका छन् । सन् २००७ मा नेप्लीज विजनेश एशोसिएशनको संस्थापक महासचिव भएका थापा नेपाल उद्योग वाणिज्य महासंघको टोकियो प्रतिनिधि समेत भएका थिए ।

जापानमा आएको सुनामीमा अलपत्र परेका मासिनको उद्दारका लागि उल्लेख्य भुमिका निर्वाह गरेका थापाले केही समय नेपालमा आएको शक्तिशाली भुकम्पमा पनि नेपालमै आएर आर्थिक तथा भौतिक रुपमा सहयोग गरेको थिए ।

सन् २००२ मा विद्यार्थीको रुपमा जापान पुगेका थापाले जापानमै रेष्टुराँ, बार, आईटी तथा सोलार सम्बन्धी व्यवसाय संचालन गरिरहेका छन् । नेपालमा पनि उर्जा संकट हटाउनका लागि सौर्य उर्जा क्षेत्रमा काम गरिरहेका छन् । हाल उनी जापान–नेपाल क्लीन इनर्जीको अध्यक्ष छन् । उक्त कम्पनीमार्फत नेपालमा मेगा सोलार प्रोजेक्ट संचालन गरिरहेका छन् । उनले नेपालमा सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालय, विद्धाआश्रम, तथा अस्पताल निर्माणजस्ता कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL