Logo

आईपीएल क्रिकेटमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको अभियोगमा ३ जना पक्राउ, नगदसहित मोबाईल र ल्यापटप बरामद

आईपीएल क्रिकेटमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको अभियोगमा ३ जना पक्राउ, नगदसहित मोबाईल र ल्यापटप बरामद



काठमाडौं । यूएईमा आयोजना भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा ३ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

laxmi

पछिल्लो समय आईपीएलको अनलाईनमार्फत सट्टाबाजी खेलाउने क्रम बढेसँगै धेरैको गुनासो आएको थियो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सत्यजितलाई मोबाईल फोनबाट आइपीएल खेल हार्ने वा जित्ने भनी अनलाईनमार्फत सट्टावाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका(१५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र सोही महानगरपलिका(१७ रानी बस्ने ४२ वर्षीय जगदिश साह रहेका छन् ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न बैजनाथ र जगदिशलाई समेत प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ, ३ थान मोबाइल, १ थान ल्यापटप र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ व्यक्तिहरू उपर जुवा वा सट्टाबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL