Logo

कोरोना कहरकैबीच निर्यात १० प्रतिशतले बढ्दा आयात २२ प्रतिशतले खस्कियो, व्यापारघाटामा २५ प्रतिशतको गिरावट

कोरोना कहरकैबीच निर्यात १० प्रतिशतले बढ्दा आयात २२ प्रतिशतले खस्कियो, व्यापारघाटामा २५ प्रतिशतको गिरावट



काठमाडौं । विश्व कोरोना कहरबीच आर्थिक संकटतीर गईरहेको अवस्थामा नेपालको वैदेशिक व्यापार भने सकारात्मक गतितीर लागेको छ । चालु आर्थिक बर्षको पहिलो २ महिना अर्थात साउन र भदौमा मात्रै नेपालले १ खर्ब ९९ अर्ब २८ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमध्ये २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको निर्यातको व्यापार गरेको छ भने १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ बराबरको आयातको व्यापार गरेको छ ।

laxmi

तर नेपालले यसअवधिमा निर्यातको व्यापारमात्रै गत बर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको छ । निर्यातको व्यापार बढ्दा आयातको व्यापारमा भने २२ प्रतिशतको गिरावट आएको छ ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत हुँदा आयात व्यापारको हिस्सा ८९ प्रतिशतमा पुगेको छ ।

यस्तै गत बर्षको तुलनामा व्यापारघाटासमेत करिव २५ प्रतिशतले ओरालो लागेको छ । निर्यातको व्यापारमा वृद्धि र आयातको व्यापारमा ह्वात्तै गिरावट आउँदा नेपालको व्यापारघाटा गत बर्षको तुलनामा २४ प्रतिशतले ओरालो लागेको हो । नेपालले गत आर्थिक बर्षको पहिलो २ महिनामा २ खर्ब ११ अर्ब रुपैयाँको व्यापारघाटा बेहोर्नुपरेको थियो । तर हाल उक्त व्यापारघाटा घट्दै १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँमा पुगेको छ ।

नेपालले कोरोना कहरबीच पनि निर्यातको व्यापारमा राम्रो वृद्धि गरेको विज्ञहरु बताउँछन् । कोरोनाको प्रभावलाई केही मात्रामा नियन्त्रण गर्नेगरी लागु गरिएको निशेधाज्ञाका कारण सबै मानिसहरु घरभित्रै भएपछि बाहिरबाट हुने आयातमा कमी आएको हो । यस्तै नेपालमा उत्पादित केही बस्तुहरु बाहिर निर्यात भएकाले निर्यातको वृद्धिदर भने उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL