Logo

मंगलबार थपिए कोरोनाका १३५६ संक्रमित, ८२३ जना डिस्चार्ज

मंगलबार थपिए कोरोनाका १३५६ संक्रमित, ८२३ जना डिस्चार्ज



काठमाडौं । नेपालमा मंगलबार पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थपिएकासहित हालसम्म कोरोनाबाट संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ।

laxmi

त्यस्तै सोही अवधिमा ८ सय २३ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ।

कोरोनाबाट निको हुनेको दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मृतक थप २ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४ सय २९ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL