Logo

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन, सरकारले सबै खालको साथ दिन्छ : प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन, सरकारले सबै खालको साथ दिन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटो शोको आज उद्घाटन गरेका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनु पर्नेमा जोड दिए ।

उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए । ‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौं । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन ।’

उनले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्दै छन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौं । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भइसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरू ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This