Logo

खाद्य संस्थानले दसैँका लागि ६ करोड खर्चेर ३ हजार खसीबोका र च्याङ्ग्रा किन्ने, सहुलियत मूल्य पसल पनि खुल्दै

खाद्य संस्थानले दसैँका लागि ६ करोड खर्चेर ३ हजार खसीबोका र च्याङ्ग्रा किन्ने, सहुलियत मूल्य पसल पनि खुल्दै



काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यस वर्ष ६ करोड रुपैयाँ मूल्यबराबरका ३ हजार वटा खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

laxmi

हरेक वर्ष खसी, बोका किनेर सुलभ रुपमा विक्रि गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी÷बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसीबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ । कम्पनीका अनुसार कति संख्यामा खरिद गर्ने भन्ने एकिन भए पनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा हालसम्म टुंगो लागिसकेको छैन ।

संस्थानले विगत वर्षहरु जस्तै यस वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ । यसका सार्थ संस्थानले एकिकृत रुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढी भन्दा बढी स्थानमा सुपथ मूल्य पसलसमेत सञ्चालन गर्ने जनाएको छ ।

संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैंयाँ बजेट छुट्याएको छ ।

गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैंयाँ बजेट छुट्याएको थियो । जसमा कम्पनीले १४ सय वटा खसी–बोका र १६ सय वटा च्याङ्ग्रा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL