Logo

सुनचाँदीको मूल्यमा आईतबार पनि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा आईतबार पनि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन आईतबार ५ सय रुपैयाँ प्रतितोलाले बढेको हो ।

laxmi

पछिल्लो ५ दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विश्वबजारमा नै सुनको मूल्यमा उच्च वृद्धि आउँदा नेपाली सुनचाँदी बजारमा यसको प्रभाव परेको छ ।

यस्तै आईतबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा पुगेको छ । शुक्रबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL