Logo

सगरमाथा इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्री नियुक्त



काठमाडौ ।चंकी क्षेत्री सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । हाल सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा रहेका क्षेत्रीको कार्यकाल पुनः ४ वर्षको लागि थपिएको छ ।

laxmi

क्षेत्री नेपाल बीमक संघका महासचिव पनि हुन् । कम्पनी संचालक समिति बैठकले गत जेठ २२ गते उनलाई अर्को कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सहमतिको लागि बीमा समितिमा पत्राचार गरेको थियो । समितिले असार १७ गते स्वीकृति दिएपछि संचालक समितिको अर्को बैठक असार २५ गते बसेर उनलाई थप एक कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

उनीसँग बीमा क्षेत्रमा २ दशक भन्दाबढी समयको अनुभव छ । सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL