Logo

देशैभर बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै, करिब ३८ लाख सहभागी हुने

देशैभर बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै, करिब ३८ लाख सहभागी हुने



काठमाडौं । सरकारले आज देशैभर पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन लागिएको हो ।

laxmi

बाल स्वास्थ्य महाशाखाका अनुसार करिब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको हो । यसका लागि ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ ।

आज छुटेका बालबालिकालाई भोलि (मंगलबार) पनि भिटामिन र औषधि खुवाइनेछ । सरकारले वैशाख ५ र ६, कार्तिकको २ र ३ गते गरी वर्षको दुई चरणमा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL