Logo

कराँचीको स्टक एक्सचेन्जमा हमला, विस्फोटक पदार्थ बोकर भवनभित्र छिर्न खोज्ने पाँच जनाको मृत्यु

कराँचीको स्टक एक्सचेन्जमा हमला, विस्फोटक पदार्थ बोकर भवनभित्र छिर्न खोज्ने पाँच जनाको मृत्यु


बिजखबर संवाददाता
270
Shares

काठमाडौं । पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जमा भएको हमलामा चार आतंकवादीको मृत्यु भएको छ । स्टक एक्सचेन्जको भवनभित्र प्रवेश गर्न खोज्ने चार आतंकवादीहरु सुरक्षाकर्मीको कारवाहीमा परेर मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

laxmi

सोमवार बिहान १० बजेको समयमा चारजना आतंकवादी आफ्नो गाडीबाट उत्रेर ग्रिनेड प्रहार गर्दै भवन भित्र प्रवेश खाज्दा सुरक्षाकर्मीको कारवाहीमा परेर उनीहरु मारिएका बताइएको छ । उनीहरुले भवनभित्र पसेर अन्धाधुन्द गोली प्रहार गर्न थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त घटनामा परेर दुई जना सर्वसाधारणको पनि मृत्यु भएको र अन्य केही घाइते भएका समाचारमा उल्लेख गरिएको छ । प्रहरीका सर्जन डा करार अहमद अब्बासीका अनुसार हालसम्म ५ जनाको शव र प्रहरीसहित सात जना घाइतेलाई डा रुथ पफाउ सिभिल अस्पतालमा लगिएको छ । अक्रमणकारीहरुबाट हतियारसहित केहि विस्फोट पदार्थ बरामद गरिएको सुरक्षाकर्मीले बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL