Logo

कोरोना महामारीको सकारात्मक पक्ष : चराचुरुंगीले आफ्नो बासस्थान परिवर्तनमा कमी ल्याए

कोरोना महामारीको सकारात्मक पक्ष : चराचुरुंगीले आफ्नो बासस्थान परिवर्तनमा कमी ल्याए



काठमाडौं । विश्वभर फैलिएको महामारी र यसले निम्त्याएको लकडाउनका धेरैजसो नकारात्मक पक्ष छन् । तर हाम्रो पर्यवरणका लागि केही सकारात्मक असर पनि लकडाउनले छोडेको विज्ञहरुको बुझाई छ । जसको पछिल्लो उदाहरण हो चराचुरुंगीको एउटै स्थानमा बस्ने वातावरण पाकिस्तानको दक्षिण सिन्ध प्रान्तमा यो बर्ष गएका बर्षभन्दा धेरै चराहरु त्यही स्थानलाई बासस्थान बनाएर बसेका छने । जसको श्रेय अनुसन्धानकर्ताहरुले लकडाउनलाई लिएका छन् ।

laxmi

लकडाउनले शिकारीहरु बाहिर निस्कन र शिकार गर्न जान नपाएपछि धेरै पंक्षीहरु उक्त क्षेत्रमा बसीरहेका छन् अर्थात त्यो क्षेत्रलाई बासस्थान बनाएका छन् । हालसम्म पाकिस्तानमा १ लाख ८५ हजार बढी संक्रमित भेटिएका छन् भने ३ हजार ६ सय ९६ जनाको मृत्यु भईसकेको छ ।

सिंध बन्यजन्तु विभागका प्रदेश संरक्षक जावेद अहमद महरका अनुसार यो बर्ष ७ लाख ४१ हजार ४२ आप्रबासी चराहरु जंगलमा देखिएका छन । जुन गत बर्षको तुलनामा २ गुणाले बढी हो । अर्थात सन २०१९ मा २ लाख ४८ हजार १ सय ५ आप्रवासी चरा मात्रै गणना गरिएको थियो । प्रतिबर्ष सिंध प्रान्तमा प्रवासी चराहरुको गणना गर्ने गरिन्छ ।

उक्त क्षेत्रमा साईबेरीयाबाट पेलीक्यान्स, बकुल्ला, वाडरलगायतका चराहरु आप्रबासी चराको रुपमा आउने गर्दछन । पाकिस्तानका वाइल्डलाईफ फोटोग्राफर अहमर अली रीज्वीका अनुसार यो बर्ष कोरोना भाईरसका कारण पाकिस्ताको उक्त क्षेत्रमा चराहरु रोकिने क्रममा वृद्धि भएको छ ।

चराहरुलाई अझै केही डिस्टर्व नहुने भएपछि अझै उक्त क्षेत्रमा चराहरु बसिराख्ने अनुमान गरिएको छ । उनका अनुसार लकडाउनका कुनै प्रकारको शिकार भने भएको पाईएको छैन । उक्त क्षेत्रका जंगलका लागि प्रमुख समस्या भनेकै शिकारीको थियो । जुन लकडाउनका कारणले ठुलो गिरावट आई पर्यावरणमा समेत सकारात्मक असर परेको छ । वल्र्ड ईकोनोमिक फोरमबाट

प्रतिक्रिया दिनुहोस्
MBL