Logo

कोरोना उपचारमा सहयोग पुग्ने भन्दै नेपालका शेर्पा जातीको डीएनए परिक्षण गरिँदै

कोरोना उपचारमा सहयोग पुग्ने भन्दै नेपालका शेर्पा जातीको डीएनए परिक्षण गरिँदै



काठमाडौं । एक अमेरिकी स्टार्टअप कम्पनीले नेपालका उच्च भेगमा बस्ने शेर्पाहरुको डिएनए परिक्षण गर्ने भएको छ ।

laxmi

भेरियन्ट बायो नामक कम्पनीले शेर्पाहरुमा अक्सिजन कम भएको अवस्थामा पनि बाँच्न सक्ने क्षमता हुने भएकाले डिएनए परिक्षण गर्न लागेको हो । कोभिड–१९ महामारी उपचारमा सहयोगी हुनसक्ने भन्दै नेपालका शेर्पा समुदायको डीएनए अध्ययनको प्रयास थालीएको कम्पनीले जानकारी दिएको छ ।

भेरियन्ट बायोका अनुसार, उक्त अनुसन्धानले कोभिड १९ बाट पीडित बिरामीको उपचार गर्न सहयोगी हुनेछ । भाइरसले फोक्सोलाई प्रभावित गर्छ र रगतमा अक्सिजनको मात्रा घटाउँछ । सोही अनुसार हिमाली क्षेत्रमा कम मात्रामा अक्सिजन भएको खण्डमा पनि शेर्पा जातीले सहन गर्न सकिने कम्पनीको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL