Logo

देशभरका ७५३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै, स्थानीय तहमा स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा

देशभरका ७५३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै, स्थानीय तहमा स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा



काठमाडौं । देशभरकाले स्थानीय तहज आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहले आज बजेट ल्याउन लागेका हुन् ।

यसअघि, संघीय सरकारले जेठ १५ गते तथा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् । कोरोना भाईरसको महामारीकाबीच आउन लागेको बजेटले स्थानीय तहमा स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने बताईएको छ ।

आर्थिक गतिविधि ठप्प भएको अवस्थामा बजेट ल्याउन लागेका स्थानीय तहरुलाई यो वर्ष वित्तिय स्रोत व्यवस्थापनमा अझ बढी समस्या पर्ने देखिन्छ । देशका अधिकांश स्थानीय तहको आफ्नै श्रोत साधन नभएका कारण केन्द्रबाट आउने अनुदान नैं बजेटको मुख्य स्रोत हो ।

संघीय सरकारले भने स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा कोरोना भाइरसको संवेदनशीलतालाई प्राथमिकतामा राख्ने, रोजगारी सिर्जना गर्ने, ठूला विकासका योजना सञ्चालन नगर्ने गरी बजेट निर्माण गर्न यसअघि नै आग्रह गरिसकेको छ ।

लकडाउनले गर्दा यस वर्ष स्थानीय तहको आन्तरिक स्रोत घटेको छ । संघ र प्रदेश सरकारले वित्तीय हस्तान्तरण गर्दा चालू आर्थिक वर्षको भन्दा केही कम बजेट स्थानीय तहलाई पठाएकाले पनि स्थानीय तहले खर्च गर्न सक्ने बजेट मात्रै निर्माण गर्न लागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL