Logo

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै, आजै टुङ्गो लगाउने तयारी

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै, आजै टुङ्गो लगाउने तयारी



काठमाडौं । आईतबार अपरान्ह एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ उक्त बैठक बस्ने भएको हो ।

laxmi

बैठकमा एमसीसी कार्यदलका सदस्य भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो ।

आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाले तयारी गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL