Logo

नेपाल-भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, प्रहरीले गोली चलाउँदा एक भारतीयको घटनास्थलमै मृत्यु

नेपाल-भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, प्रहरीले गोली चलाउँदा एक भारतीयको घटनास्थलमै मृत्यु



काठमाडौं । नेपाल भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

laxmi

भारतीय नागरिकले सशत्र प्रहरीको हतियार खोस्दै नेपाल प्रवेश गर्न खोज्दा त्यसको प्रतिकारमा गोली चालउँदा एकजना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो ।

सर्लाही जिल्लास्थित नेपाल भारत सीमामा सशस्त्र प्रहरीमाथी आक्रमणको प्रयास गर्दै नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकसँग झडप हुँदा एक भारतीयको घटना स्थलमै मृत्यु हुनुका साथै २ भारतीय नागरिक र ३ जना प्रहरी घाइते भएका हुन् ।

सशस्त्र प्रहरीका घाइते हुनेहरूमा एक हवल्दार र दुई जना प्रहरी जवान रहेको र उनीहरूको सामान्य अवस्थामा उपचार भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

पर्सा गाउँपालिकाको वडा नम्बर ३ नारायणपुरमा रहेको सशस्त्र प्रहरी बलको सीमा निगरानी पोस्टको क्षेत्रमा अवैध रूपमा नेपाल प्रवेश गर्न खोजेकाहरूसँग झडप भएको र त्यस क्रममा गोली चलाउँदा एक भारतीय नागारिकको मृत्यु भएको सशत्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले जानकारी दिए ।

अबैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकहरूलाई सशस्त्र प्रहरीले रोकेको र त्यसक्रममा भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि हतियार फिर्ता लिने क्रममा गोली चलाउनु परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको हतियार खोस्न खोज्ने अर्का एकजना भारतीय नागरिकलाई समेत पक्राउ गरेर राखिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारत सितामढी लालबन्दीमा ४५ बर्षीय लगन राम रहेको समेत प्रहरीले जानकारी दिएको छ ।

सुरुमा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने २०र२५ जनाको समूहलाई सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले फर्काएको र त्यसपश्चात डेढ सयभन्दा बढी भारतीय टोली आएपछि विवाद बढेको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL