Logo

यी नेपाली नायिकालाई देखियो कोरोना संक्रमण, आफुलाई कोरोना भएको अस्पतालबाटै दिइन जानकारी

यी नेपाली नायिकालाई देखियो कोरोना संक्रमण, आफुलाई कोरोना भएको अस्पतालबाटै दिइन जानकारी



काठमाडौं । पछिल्लो समय नेपालमा तीब्र रुपिमा फैलिएको कोरोना संक्रमणले् एक नेपाली नायिकालाई पनि छोएको छ । नायिका निरिशा बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक संजालमार्फत् जानकारी गराएकी छिन्।

laxmi

बस्नेतले सामाजिक सञ्जालमा आफ्नो भिडियो पोस्ट गर्दै कोरोना संक्रमित भएको र अस्पतालमा उपचारको क्रममा रहेको बताएकी छिन् । ‘थाहै नपाई म पनि कोरोना संक्रमित भएछु’, उनले भनेकी छिन्, ‘अहिले अस्पतालमा उपचार गराइरहेकी छु र अहिले आत्तिनुपर्ने अवस्था छैन ।’

तीन वर्षदेखि मुम्बईमा अभिनयमा सक्रिय नायिका बस्नेत भारतीय टेलिशृंखला ‘प्रेम नन्दिनी’ सहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छन् । दुई वर्षअघि फिल्म ‘जानी नजानी’ को सुटिङ र रिलिजका लागि नायिका बस्नेत नेपाल आएकी थिइन् । नायिका बस्नेत अभिनेता विश्व बस्नेतकी सुपुत्री हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL