Logo

कोरोना देखाउँदै निजी अस्पताले कटौती गर्न थाले कर्मचारी, युनिफिनले अघि सार्यो ८ बुँदे माग

कोरोना देखाउँदै निजी अस्पताले कटौती गर्न थाले कर्मचारी, युनिफिनले अघि सार्यो ८ बुँदे माग



काठमाडौं । कोरोना पछिको लकडाउनका कारण देखाउँदै निजी अस्पतालहरुले कर्मचारी कटौती तथा वेतलवी विदामा राख्न थालेपछि युनिफिन आवद्ध स्वास्थ्य कर्मीले ८ बुँदे माग अघि सारेर सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

laxmi

निजी अस्पतालहरुले सरकारी निर्णय लत्याउँदै निजी अस्पतालहरुले स्वास्थ्य कर्मीलाई बेतलवी विदामा राख्ने तथा रोजगारी नै कटौती गर्ने धम्की दिन थालेपछि युनिफिनले यस अघि सरकारले कार्यान्वनमा ल्याएको निर्णय पालना गर्न माग गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई ज्ञापन पत्र बुझाएको हो ।

सरकारले लकडाउन अवधिलाई सार्वजनिक विदा माने पनि निजी स्वास्थ संस्थाले धमाधम कर्मचारीलाई बेतलवी विदामा राख्ने तथा रोजगारीको कटौती गर्न थालेसँगै युनिफिनले उक्त निर्णय पालना गर्न माग गरेको छ । साथै सरकारको निर्णय अनुरुप कोभिड १९ का बिरामीको सेवामा खट्ने स्वास्थ्य कर्मीलाई भत्ता उपलब्ध गराउन आग्रह गरेको छ ।

‘कोरोनाको बिरामी जुनसुवैm स्वास्थ्य सस्थामा पनि आउन सक्ने हुँदा यो निर्णय सबै स्वास्थ्य सस्थाहरूमा लागु होस्,’ विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य कर्मीको जागिर खाइदने संचालकलाई कारवाही गरियोस ।’ अहिले धेरै अस्पतालले लकडाउन अबधिमा विदाको लागि निबेदन दिन लगाउने, करार कर्मचारीलाई करार अवधि नथप्नेजस्ता काम गरेको भन्दै अबका दिनमा यस्ता कार्य नगर्न समेत ध्यानकर्षण गराएको छ ।

कोभिड महामारीको समयमा अग्रपंक्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मीले अहिले पनि न्युनतम व्यक्तिगत सुरक्षा सामाग्री पञ्जा, माक्स, सेनिटाइजर समेत नपाई काम गर्न बाध्य भएको भन्दै सो विषयमा समेत गम्भिर ध्यानाकर्षण गराएको छ ।

‘एकातिर कर्मचारीहरुले यसरी काम गरिरहेका छन भने अर्कोतिर अस्पताल संचालकले यो लकडाउनको समयमा आफ्ना कर्मचारीहरुलाइ जवर्जस्ती विदामा बस्न लगाई तलब काट्ने, विदा काट्ने गरेर न्युनतम मानवीय संवेदना समेत राख्न सकिरहेका छैनन्,’ उक्त विज्ञप्तीमा उल्लेख छ, ‘आफ्ना कर्मचारीहरुको ख्याल नगर्ने, अस्पतालको सेवाहरु थोरै कर्मचारीबाट संचालन गर्ने र सरकारले राजपत्रमा प्रकाशित गरेको लकडाउनको समयलाई सार्वजनिक विदा मान्ने भन्ने निर्देशनलाई पालना नगरी उल्टै सरकारसंग विभिन्न शीर्षक राखी आर्थिक सहयोग माग्ने कार्य भैरहेको छ ।’

उक्त समस्याको समाधानका लागी सरकारलाइ समुचित सुचित पार्न र तत्काल आवस्यक पहल गरिदिन आग्रह गरेको छ । साथै विषम परिस्थितिमा निजी अस्पतालमा काम गर्ने कर्मचारी, अस्पतालको सेवा कस्तो छ सो विषयमा समेत आवश्यक अनुगमन गर्न माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL