Logo

चीनद्धारा नेपाली संस्थालाई स्वास्थ्य सामग्री सहयोग

चीनद्धारा नेपाली संस्थालाई स्वास्थ्य सामग्री सहयोग



काठमाडौँ । चीन सरकारको एक सरकारी संस्था दि इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले नेपाली संस्था ट्रान्स हिमालयन सोसाइटीलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएका छ ।
कम्पनीले नेपालमा जारी कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि सहयोग स्वरुप ठूलो मात्रामा ती सामग्री उपलब्ध गराएको हो । प्राप्त सामग्रीमा ३० हजार थान डिस्पोजेबल मास्क र अरु ५ हजार थान के एन ९५ मास्क रहेको सो संस्थाका अध्यक्ष फान सियाओबोले आज एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिए ।
ती सामग्रीहरु नेपालका विभिन्न स्थान तथा संस्थामा आवश्यकताका आधारमा सहयोग स्वरुप उपलब्ध गराइने ट्रान्स हिमालयन सोसाइटी नेपालका अध्यक्ष प्राध्यापक डाक्टर जीवकुमार झाले बताए ।
मित्र राष्ट्र चीनले नेपालका कोरोना महामारीको नियन्त्रणका लागि यसअघि पनि विभिन्न सहयोग उपलब्ध गराएको र यो पछिल्लो समयमा उक्त सोसाइटीमार्फत नेपाली नागरिकलाई ती सामग्री सहयोग गरेको बताए ।
युवा वैज्ञानिक प्राडा झा चीनको सियान विश्वविद्यालयमा प्राध्यापन गर्छन् भने चीन नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टरका अध्यक्ष पनि हुन् । प्राडा।चीन सरकारद्धारा प्रदान गरिने विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरुबाट पनि सम्मानित भएका छन् ।
नेपाल चीन सम्बन्धको विकास र विस्तारका लागि विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्राडा झामार्फत सियान महानगरपालिकाले बुटवल उपमहानगरपालिकालाई यस्तै स्वास्थ्य सामग्री सहयोग गरेको थियो । ती सामग्रहरु नेपाली दूतावास चीनमा रहेका र नेपाल आउने प्रक्रियामा रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL