Logo

रणनीतिक योजना ल्याउदै लगानी कोष,बजार निर्माताको भूमिकालाई व्यावसायिक बनाइने

रणनीतिक योजना ल्याउदै लगानी कोष,बजार निर्माताको भूमिकालाई व्यावसायिक बनाइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१७ भदौ,काठमाडौं । नागरिक लगानी कोष ५ बर्षे दिर्घकालिन रणनीतिक योजना ल्याउने अन्तिम तयारीमा जुटेको छ । लगानी कोष ऐन २०४७ ले प्रदान गरेको काम कारवाही र अधिकारको समुचित प्रयोगबाट संस्थालाई अझ बढी प्रभावकारी रुपमा अघि बढाउन दीर्घकालीन रणनीतिक योजना ल्याउन लागिएको हो ।

रणनीतिक योजनाहरुमा विदेशमा रहेका नेपालीहरुलाई एकांकी योजनामा समावेश गराउने,पुँजी बजार विकासको लागि आवश्यकता अनुसार सहायक कम्पनीहरू खडा गर्ने, पुँजी बजारसम्बन्धी परामर्श सेवालाई अझ प्रभावकारी बनाउने नीति, योजना र कार्यक्रम ल्याउनेलगायत कार्यक्रम छन् । त्यस्तै बजार निर्माताको भूमिकालाई अझ व्यावसायिक र फराकिलो बनाउने, प्राथमिक शेयर निष्काशन लगायतका सम्पादित कार्यहरूलाई चुस्त र प्रतिस्पर्धी बनाउने पनि रणनीतिक योजनामा समाबेस छन् ।

कोषले हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कार्यरत वित्तिय संघ–सस्थासँग प्रतिस्पर्धा गर्दै निर्धारित दीर्घकालीन सोच र कार्यतर्फ कोषलाई अग्रसर गराउन आफनो रोडम्याप तयार गरिरहेको छ ।

वचतकर्ता र सेवाग्राहीहरूको अपेक्षा र आवश्यकतालाई सम्बोधन हुने गरी प्रभावकारी सेवा प्रदान गर्ने , कोषका सेवाहरूलाई व्यावसायिक मूल्य,मर्यादा र आचरण अनुरुप प्रतिस्पर्धी बनाउन, बदलिँदो र प्रतिस्पर्धात्मक बजार अनुकूल जनशक्ति विकास गर्न सीप,क्षमता र दक्षता अभिवृद्धिमा जोड दिने कार्यलाई योजनाले समेट्ने छ । त्यसैगरी कोषको सेवा विस्तारका लागि बजारको अध्ययन एवं अन्वेषण गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित गर्ने योजना राख्ने छ ।

रणनीतिक योजनाबाट कोषलाई सार्वजनिक क्षेत्रका परियोजनाहरूको पहिचान र लागत–लाभ विश्लेषण गर्न, पूर्वाधार विकाससँग सम्बन्धित परियोजना सञ्चालन गर्न, सरकारले जारी गर्ने ऋणपत्र तथा वचतपत्रहरूमा लगानी गर्न निश्चित अंश सुरक्षित गर्ने व्यवस्था मिलाउन सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL