Logo

आईतबार थपिए १६६ जना नयाँ संक्रमित, संक्रमितको संख्या १५६७ पुग्यो

आईतबार थपिए १६६ जना नयाँ संक्रमित, संक्रमितको संख्या १५६७ पुग्यो



काठमाडौं । आईतबार थप नयाँ १ सय ६६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आईतबार विभिन्न जिल्लामा थप १ सय ६६ जनामा संक्रमण देखिएको हो ।

यसरी आईतबार उक्त संख्यामा संक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । मन्त्रालयका अनुसार उपचार पछि निको हुनेको संख्या भने २२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL