Logo

टिकापुर घटनापछी प्रहरी प्रमुख हेरफेर, कैलालीका प्रजिअ श्रेष्ठलाई फिर्ता बोलाइयो

टिकापुर घटनापछी प्रहरी प्रमुख हेरफेर, कैलालीका प्रजिअ श्रेष्ठलाई फिर्ता बोलाइयो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

८ भदौ,काठमाडौं । प्रहरी प्रधान कार्यालयले सेती अञ्चल प्रहरी प्रमुखमा एसएसपी दिनेश अमात्यलाई पठाएको छ । कार्यालयले सोमबार कैलालीको टीकापुरमा भएको घटनामा ज्यान गुमाएका एसएसपी लक्ष्मण न्यौपानको ठाउँमा अमात्यलाई पठाएको हो ।

यसैगरी सुदुरपश्चिम प्रहरी प्रमुखमा डिआइजी माधव नेपाललाई पठाएको छ । उनलाई रामकुमार खनालको ठाउँमा सुदुरपश्चिम खटाइएको प्रहरीले जनाएको छ । यस्तै सशस्त्रको क्षेत्रीय कार्यालय प्रमुख डिआइजी खडानन्द चौधरीको ठाउँमा डिआइजी सुरज श्रेष्ठलाई पठाइएको छ।

यता गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई भने काठमाडौं फिर्ता बोलाइएको छ । गृह मन्त्रीस्तरीय निर्णयबाट सोमबार कैलालीको टीकापुरमा भएको घटनामा शान्ति, सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उनलाई फिर्ता बोलाइएको हो।

उनको ठाउँमा क्षेत्रीय प्रशासन कार्यालय, मध्यामाञ्चल विकास क्षेत्र, हेटौंडाका सह(सचिव मोहन चापागाईंलाई पठाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL