Logo

पञ्चकन्याले मनायो पञ्चकन्या दिवस, ६१ जनाले गरे रक्तदान

पञ्चकन्याले मनायो पञ्चकन्या दिवस, ६१ जनाले गरे रक्तदान


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
३ भदौं, काठमाडौं । पञ्चकन्या समूहले स्थापनाको अवसरमा ‘पञ्चकन्या दिवस २०७२’ मनाएको छ । दिवसको अवसरमा समूहले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।  पञ्चकन्या समूहको केन्द्रीय कार्यालय कृष्णगल्लीमा बिहीवार आयोजित कार्यक्रममा ६१ जनाले रक्तदान गरे ।

panchankanya
उक्त कार्यक्रममा पञ्चकन्या समूहका सञ्चालक, केन्द्रीय कार्यालय तथा समूह अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारीलगायतले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवा, भृकुटी मण्डपको सहयोगमा रक्तदान कार्यव्रmमको आयोजना गरिएको हो । नियमितरुपमा  रक्तदान गरेमा निरोगी हुन मद्धत पुग्नुका साथै रगतको आवश्यकता भएका बिरामीहरुको ज्यान बचाउन सकिन्छ भने अभिप्रायले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम गरेको पञ्चकन्याले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL