Logo

फ्रान्सले ल्यायो प्रतिघण्टा ३ सय ३३ किलोमिटर कुद्ने साइकल  

फ्रान्सले ल्यायो प्रतिघण्टा ३ सय ३३ किलोमिटर कुद्ने साइकल  


रामराजा श्रेष्ठ
0
Shares

 

२८ कात्तिक काठमाडौं । विश्व प्रख्यात फरारी कारको स्पीडलाइ चुनौती दिनेगरी फ्रान्समा नँया साइकलको लञ्च गरिएको छ ।  प्रतिघण्टा २ सय ७ माईल कुद्न सक्ने उक्त साइकल फ्रेन्च साइकलीस्ट फ्रांसवा जिसीले निर्माण गरेका हुन् ।

Watch-man-go-207mph-on-a-rocket-propelled-BIKE

उक्त साइकलमा छिटो दौडनको लागि रकेटको प्रयोग गरीएको छ ।  यसैकारणले गर्दा यो साइकालले फरारी कारसँगको रेसीङ प्रतियोगितामा विजय हात पार्यो र साइकलको नँया स्पीडका लागि विश्व रेकर्ड कायम गर्यो ।

यसअघि सन् २०१३ मा पनि जिसीले रकेटकै सहायताले १ सय ७७ माईल (२ सय ८५ ) किलोमिटर प्रतिघण्टा कुद्ने  साइकल बनाएका थिए ।  तर आफ्नै रेकर्डलाइ ताड्दै उनले अहिले २ सय ७ माइल ( ३ सय ३३)  किलोमिटर प्रतिघण्टाको स्पीडमा कुद्न सक्ने साइकल बनाएका छन् ।

 

यो साइकल पनि शुरुमा अरु साइकल जस्तै सामान्य किसीमको थियो तर उनले यसमा इ्युबर बाइकको प्रयोग गरी ५ सय ६० हर्ष पावरको इनर्जी उत्पादन गरेका थिए । यो साइकलमा ३ रकेट जडान गरिएको छ जसमा हाइड्रोजन पाराअक्साइड प्रयोग गरिएको छ ।

आफुले बनाएको साइकलमा धेरै मेहनत गरेको बताउँदै जिसीले यो कामको लागि सहयोग पाएमा आफुले अझै छिटो दौडन सक्ने साइकलको निमार्ण गर्न सक्ने बताएका छन् । उनले साइकल चलाएको भिडियो युटुवमा ५५ लाख जनाले हेरिसकेका छन् ।

 

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL