Logo

काठमाडौंमा बिहीवारदेखि सार्कको अर्थमन्त्रीस्तरीय बैठक शुरु, साझा मुद्रा प्रचलन वारे छलफल हुने

काठमाडौंमा बिहीवारदेखि सार्कको अर्थमन्त्रीस्तरीय बैठक शुरु, साझा मुद्रा प्रचलन वारे छलफल हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ भदौं, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अर्थमन्त्रीस्तरीय सातौं बैठक नेपालमा शुरु हुने भएको छ । काठमाडौंको होटल सोल्टीमा यही बिहीबार देखि शुरु हुने सम्मेलनमा समग्र सार्कको आर्थिक विकासका विषयमा छलफल हुने अर्थसचिव सुमनप्रसाद शर्माले बताए ।

saarc-fm

सार्कस्तरको उक्त बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नेछन् भने उक्त कार्यक्रमको अध्यक्षता अर्थमन्त्री डा रामशरण महतले गर्ने उनले जानकारी दिए । साथै, उक्त बैंठकले भूकम्पपछि पनि नेपाल अन्तराष्ट्रियस्तरको कार्यक्रम गर्न सक्षम छ भन्ने सन्देश बताए । अर्थमन्त्रीस्तरीय छैटौं बैठक श्रीलङ्काको कोलम्बोमा सन् २०१३ को अगष्टमा सम्पन्न भएकोे थियो ।
अठारौं सार्क शिखर सम्मेलन नेपालको पुनः निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन(आइसिएनआर) सफलतापूर्वक आयोजनापछि अन्तर्राष्ट्रियस्तरको यो नै ठूलो सम्मेलन नेपालले गर्न लागेको हो । सचिव शर्माका अनुसार सार्क क्षेत्रको आर्थिक एवम् सामाजिक क्षेत्रका साझा मुद्दाका विषयमा बैठकमा छलफल हुनेछ । यो बैठकले मन्त्रिस्तरीय बैठकको अध्यक्षता नेपाललाई हस्तान्तरण गर्नेछ ।

बैठकको मुख्य कार्यसूचिमा सार्कका सदस्य राष्ट्रबीचमा आर्थिक गतिविधिमा कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने विषय र छैटौं बैठकमा भएका निर्णय तथा सुझावको कार्यान्वयनको अवस्थाका विषयमा छलफल हुनेछ । बैठकमा सार्क क्षेत्रमा लगानीको अवस्था सुधार गर्ने, गभर्नरस्तरीय बैठक, साझा मुद्राको प्रचलन र सार्कस्तरमा सबै राष्ट्रको मुद्रा चलनचल्तीमा आउने अवस्था सिर्जना गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

मुद्राका विषयमा साझा धारणा बनाउन सकियो भने सार्क क्षेत्रमा व्यापार सहज हुने र सदस्य राष्ट्रलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । बैठकमा सार्क विकास कोषको गतिविधि बढाउने र कोषबाट भएका कार्यक्रमको समिक्षा, सार्क लगानी बैंकको विषयमा निरन्तर छलफल हुने र क्षेत्रीयस्तरको व्यापार प्रवद्र्धनका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकको तयारी पूरा भएको उल्लेख गर्दै अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालय, सूचना तथा सञ्चार र गृह मन्त्रालयले सहकार्य गरेर बैठकको व्यवस्था गरिएको अर्थसचिव शर्माले जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट डा.रामशरण महत, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा.गोविन्दराज पोखरेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपाल, अर्थसचिव, परराष्ट्र सचिव, वाणिज्य सचिव र उद्योग सविच सहितको प्रतिनिधि मण्डललको सहभागीता रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL