Logo

कोरोना भाइरस संक्रमण : ज्यान गुमाउनेको संख्या ४७ हजारभन्दा बढी, बेलायतमा २४ घण्टामै ५ सय ६३ को मृत्यु

कोरोना भाइरस संक्रमण : ज्यान गुमाउनेको संख्या ४७ हजारभन्दा बढी, बेलायतमा २४ घण्टामै ५ सय ६३ को मृत्यु



काठमाडौं । कोरोना भाइरसका कारण विश्व्यापी रुपमा मृत्यु हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ । चीनको वुहानबाट सुरु भएको यो संक्रमणका कारण अहिलेसम्म नौ लाख ३५ हजार भन्दा बढी प्रभावितमध्ये ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिव दुई लाख मानिस निको भएका छन् ।

पछिल्लो समय अमेरिका, युरोप, मध्यपूर्व र एशियाली राष्ट्रहरुमा तीव्र रुपमा फैलिएको कोरोनाका कारण ती राष्ट्रहरुमा मृत्यु हुनेको संख्या बढिरहेको छ । यता इटालीमा १३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या एक लाख दश हजार भन्दा बढी रहेको बताइएको छ ।

यस्तै बेलायतमा कोरोना भाइरसका कारण २४ घण्टामा ५६३ जनाको मृत्यु भएको छ । बेलायतको स्वास्थ्य सेवाका अनुसार उपचारका क्रममा अस्पतालमा मृत्यु भएकाहरुको संख्या २ हजार ३ सय ५२ पुगेको छ । त्यसैगरी स्पेनमा नौ हजार तीन सय भन्दा बढीको मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिकामा ४ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ भने संक्रमतिहरुको संख्या उच्च रुपमा वृद्धि भइरहेको बताइएको छ । अमेरिकामा २ लाख १४ हजार जना संक्रमित भएको बताइएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछि विश्वले सामना गर्नुपरेको खतरनाक समय भएको टिप्पणी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL