Logo

स्पेनकी राजकुमारी मारियाको कोरोनाबाट मृत्यु, कोरोनाबाट राजपरिवारमा ज्यान गुमाउने उनी नै पहिलो

स्पेनकी राजकुमारी मारियाको कोरोनाबाट मृत्यु, कोरोनाबाट राजपरिवारमा ज्यान गुमाउने उनी नै पहिलो



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) संक्रमित स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । कोरोनाका कारण ८६ बर्षको उमेरमा शुक्रबार निधन भएको उनको भाई राजकुमार सिक्सटस हेनरीले जानकारी दिएका हुन ।

स्पेनी राजा फेलिपे छैठौंकी भतिजी ८६ वर्षीया मारियाको शुक्रवार पेरिसमा मृत्यु भएको हो । कोरोनाका कारण ज्यान गुमाउने उनी पहिलो राजपरिवारकी सदस्य हुन् ।

पेरिसमा सन् १९३३ मा जन्मेकी मारिया पेरिसको सोर्बोनमा प्राध्यापक थिइन साथै मड्रिडको कम्प्लुटेन्स विश्वविद्यालयमा समाजशास्त्रकी प्राध्यापक समेत रहेकी थिईन । उनको परिवारका सदस्य हाउस अफ बर्बोन–पार्माका हुन् जुन स्पेनी राजपरिवारकै एक अंग हो । उता बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोनाभाइरस लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL