Logo

राहतको प्याकेज घोषणा गर्न काग्रेसको माग, ज्यालादारी मजदूरलाई राहतदेखि साना ऋणीको ब्याज मिनाहा

राहतको प्याकेज घोषणा गर्न काग्रेसको माग, ज्यालादारी मजदूरलाई राहतदेखि साना ऋणीको ब्याज मिनाहा



काठमाडौं । विश्वभर फैलिएको कारोना भाइरसको असर नेपालमा पनि बढ्दै गएपछि प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले राहतका प्याकेज ल्याउने सरकारलाई आग्रह गरेको छ ।

laxmi

लकडाउनका कारण विभिन्न बर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृस्टिगत गरेर तत्काल आवश्यक निर्णय गरी राहतको आर्थिक प्याकेज ल्याउन माग गरेको छ । कांग्रेस सभापति शेरबहादूर देउवाले विज्ञप्ती जारी गर्दै दैनिक ज्यालादारी मजदूरदेखि साना व्यवसायीलाई संबोधन गर्नेगरी तत्काल राहतका आर्थिक प्याकेज लाउनुपर्ने बताएका छन् ।

दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरि तत्काल बिशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गरेको छ ।

साथै न्यून आय भएका कर्मचारी ,अन्य श्रमिक ,बेरोजगार युवा तथा राजधानी लगायतका शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरि योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ ।

लकडाउनका कारण प्राय सबै ब्यवसाय बन्द अवस्थामा रहेकोे अवस्थामा खुद्रा ब्यापारी देखि ठुला ब्यवसायी सम्मलाई असर पुगेकार यसले राष्ट्रलाई दुरगामी असर र्पुयाउन कांग्रेसको ठहर छ
। यसैलाई लक्षित गरी २० लाख सम्मको ऋण लिएका साना ब्यवसायीलाई लकडाउनको असर र ब्यवसाय तंग्रीने अनुमानित अवधी समेत ख्याल गर्दै कम्तिमा ३ महीनाको ब्याज पुरै मिनाहा गर्न र त्यसपछिको निस्चित अवधिका लागि ब्याज दर घटाउन देउवाले माग गरेका छन् ।

साथै ठुला ब्यवसायिका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधी ३ महिनापछि सार्ने प्रबन्ध मिलाउन सरकार समक्ष अपिल गरेको छ ।

यसैगरी कांग्रेसले साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेको भन्दै सबै खाले संचार माध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL