Logo

कोरोनाविरुद्ध व्यवसायिक पहल, क्वारेन्टाइनका लागि गोयल ग्रुपले आफ्नो घर सित्तैमा दिने

कोरोनाविरुद्ध व्यवसायिक पहल, क्वारेन्टाइनका लागि गोयल ग्रुपले आफ्नो घर सित्तैमा दिने



काठमाडौं । कोरोना संक्रमणको त्रास बढिरहँदा नेपालको व्यवसायिक क्षेत्रबाट पनि बिस्तारै सहयोगको पहल सुरु भएको छ । महामारीको रुपमा फैलिएको उक्त भाइरस संक्रमण न्यूनिकरणका लागि युवा व्यवसायी तथा गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयलले काठमाडौं सिफलस्थित आफ्नो खाली रहेको घर समस्यामा परेका नेपाली तथा बिदेशीका लागि क्वारेन्टाइन बनाउन सित्तैमा दिने घोषणा गरेका छन् ।

laxmi

मंगलबार सामाजिक सञ्जालमाार्फत गोयलले जो कोही नेपाली तथा विदेशीलाई काठमाडौंमा एक्लै बस्नको लागि ठाउँ खोजिरहेको र होटलमा बस्न नसक्ने अवस्थामा १४ दिनको क्वारेनटाइन अवधिको लागि निःशुल्क रहनको लागि दिने निर्णय गरेको उल्लेख गरेका छन् ।

सो घरमा ९ कोठा, ३ वटा वाशरूम, २ छतहरू (सजिलै कोठामा परिणत गर्न सकिने र टेन्टहरु राख्नका लागि प्रशस्त खाली ठाउँ पनि रहेको उल्लेख गर्दै गोयलले घर केही महिनादेखि खाली रहेका कारण मर्मतसम्भारको आवश्यकता रहेको र कोही बस्न चाहन्छ भने मर्मत पनि गरिदिन उल्लेख गरेका छन् ।

‘हामीलाई थाहा छ कि परिस्थिति हातबाट हट्यो भने सरकारले सबैलाई सहयोग गर्न सक्दैन, त्यसैले यदि सरकार वा कुनै नाफा नकमाउने संस्थाले परिस्थितिसँग लड्नका लागि अस्थायी अस्पताल बनाउन चाहन्छ भने हामी यसलाई निःशुल्क प्रदान गर्नेछौं’, गोयलले आफ्नो फेसवुकमार्फत उल्लेख गरेका छन् । कोरोनाविरुद्धको लडाईमा कुनै पनि राष्ट्रियताको व्यक्तिले ठाउँ खोज्दै गरेको भए आफुलाई फेसुबक म्यासेन्जरमा सन्देश पठाउन सक्ने गोयलले लेखेका छन् ।

सिफलस्थित कुल १ रोपनी जग्गामा फैलिएको सो घरमा ठूला कोठाका साथै गार्डेन पनि रहेकोले आपतकालिन अवस्थामा समेत सरकारले उपयोग गर्न सके प्रभावकारी हुने देखिन्छ । साथै सो घर गोयल ग्रूपले सरकारी तथा गैर सरकारी निकायलाई कोराना भाईरस निराकरण नहुन्जेलसम्मका लागि प्रयोग गर्न दिने समेत जानकारी दिएको छ । यस अघि गोयल ग्रुपले गोयल फाउण्डेशनमार्फत विभिन्न परोपकारी काम गर्दै आएको छ । गोयल ग्रुपले संस्थापक स्वर्गीय ओमप्रकाश गोयलको नाममा सो फाउण्डेशन स्थापना गरी सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL