Logo

कोरोना भाईरसका बिरामीलाई उपचारका लागि तोकियो काठमाडौंका ३ अस्पताल, संक्रमितको खर्च सरकारले ब्यहोर्ने

कोरोना भाईरसका बिरामीलाई उपचारका लागि तोकियो काठमाडौंका ३ अस्पताल, संक्रमितको खर्च सरकारले ब्यहोर्ने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका ३ ओटा अस्पतालमा कोभिड १९ (कोरोना) भाईरसको बिरामीको मात्रै उपचार गर्ने गरि तयारी थालेको छ ।

laxmi

कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे आइतबार राष्ट्रियसभालाई जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कारोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको बताएका छन । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाउने तयारी भईरहेको उनले जानकारी दिए । साथै वीर अस्पतालको नयाँ भवनमा समेत कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाउन लागिएको समेत उनले जानकारी गराएका थिए ।

उक्त भाईरस सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले ति ३ ओटा अस्पतालहरुमा २३५ आईसीयू बेड तयार पार्ने भएको छ । कोरोना भाईरसले चीनमा मात्रै ३ हजार १ सय ९९ जनाको मृत्यु भईसकेको छ भने कुल मृत्यु हुनेको संख्या भने ५ हजार ७ सय २० जना पुगेको छ । चीनको वुहानबाट फैलिएको उक्त भाईरस १४१ देशमा फैलिसकेको छ भने १ लाख ५२ हजार ४ सय २८ जनामा संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्याङ्कमा उल्लेख छ ।

अहिलेसम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएको समेत उनले जानकारी दिएका छन । तर विश्वभर फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा पनि देखिएकाले जोखिम बढेको छ । उनले भने, ‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने निर्णय गरेको छ ।’ हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड छन् भने कोरोनाको सम्भावित संक्रमितको उपचार गर्न १५५ वटा आइसोलेटेड बेड तयार गरिएको छ ।

अरु मुलुकको संक्रमण हेर्दा ८० प्रतिशत सामान्य उपचार अर्थात क्वारेन्टाइनलगायतमा राख्नुपर्ने, १५ प्रतिशतलाई आइसोलेटेड बेडमा राखेर उपचार गर्नुपर्ने र ५ प्रतिशतलाई अति जोमिखयुक्त उपचार गर्नुपर्ने देखिएको भन्दै उनले भने, ‘हामीकहाँ सामान्यतयाः १५ सय, तीन हजार वा साढे ४ हजारसम्म (संक्रमित) हुँदा पनि व्यवस्थापन भयो भने सहज ढंगले म्यानेज गर्न सकिन्छ भनेर अन्तरिम तयारीमा लागेका छौं ।’

त्यस्तै मन्त्रालयले मातहतका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको छ । अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका आतंकलाई हटाउन सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको उनले बताए ।

होम क्वारेन्टाइनमा बस्दा सुख्खा खोकी, ज्वरोलगायतका इण्डिकेटर चेक गर्ने भन्दै स्वास्थ्यमन्त्री ढकालले कोरोनाको लक्षण देखिएमा सरकारले नै अस्पताल लैजाने र रिपोर्ट पोजेटिभ भएमा उपचारको सम्पूर्ण जिम्मा राज्यले लिने बताए । साथै नेगेटिभ रिजल्ट आएमा जनताले १४ दिन क्वारेन्टाइनमा बसेर सहयोग गर्ने विश्वास लिएको समेत उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL