Logo

मास्क, स्यानिटाइजर र औषधिमा १० को २० लिदा हुन्छ तर, ५० लिन पाइन्न : राज्यमन्त्री दुगड

मास्क, स्यानिटाइजर र औषधिमा १० को २० लिदा हुन्छ तर, ५० लिन पाइन्न : राज्यमन्त्री दुगड



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले पैसाभन्दा स्वस्थ्य महत्वपूर्ण भएको बताउँदै मास्क, स्यानिटाइजर र औषधिमा १० को २० लिदा हुने तर, ५० लिन नपाइने बताएका छन् ।

laxmi

बिजनेस ग्लोबल समिटमा भाग लिएर फर्किएका राज्यमन्त्री दुगडले कोरोना भाइरसको संक्रमणपछि बजारमा केही बस्तुको अभाव भएकोतर्फ संकेत गर्दै भने–‘व्यापारीले पनि धेरै कष्ट गरेर ल्याएको हुन्छ,१० मा बेच भनेर भन्यो भने सर्टेज हुन्छ अहिले नै, मास्कको –५ ओटा उद्योेग लाइसेन्स माग भइरहेको छ । हामीले छिटै अनुमति दिन्छौं ।’

मन्त्री दुगडले नीजि क्षेत्रलाइ ज्वाइँसरह सम्मान गर्नुपर्ने बताउँदै मन्त्रालय पसल भएको र ग्राहक नीजि क्षेत्र भएको पनि बताए । उनले नीजि क्षेत्रको कुनै काम नरोकिएको बताउँदै उद्योगलिाई काम गर्न सजिलो भएको बताए ।

‘आपुर्तिको व्यवस्थापनमा हामी लागिरहेका छौ. । हरेक चीजको ३ देखि ६ महिनासम्मको स्टक छ, अनुगमन हुदैछ, छापा मारेर जरिवाना गर्दैछौ, अनावश्यक रुपमा स्टक नराख्नुस जनता, हामी कुनै कम हुन दिदैनौ, भारतको बोर्डर खुल्ला छ, सामान आइरहेको छ, चिन्ता लिनुपर्दैन, स्टक गरेर राख्ने बानी नबसालौ’, दुगडले भने ।

उक्त समिटमा २० देशका मन्त्री सहभागी रहेका थिए । सम्मेलनमा नेपालबाट ६ जनाको टोली भारत गएको र सम्मेलनमा व्यवसाय सम्बन्धमा विभिन्न ५० ओटा एजेन्डामा छलफल भएको थियो ।

राज्यमन्त्री दुगडले सम्मेलनलाई सम्बोधन गर्दै माइक्रो स्मल र मिडियम इन्डस्ट्री नेपाललाई काम लाग्ने उद्योग रहेको र त्यस्ता उद्योगलाई बढावा दिनसके नेपालजस्तो देशले धेरै फाइदा लिन सक्ने भएको बताए । सम्मेलनमा दुगडले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको बताउँदै नेपालमा लगानीका लागि आग्रह गरेका थिए ।

मन्त्री दुगडले सम्मेलनका क्रममा द्विपक्षीय सल्लाहकार केपि राजन मुख्य सल्लाहकार रहेको संस्था पिएडिसिसिआइसँग सहकार्यको प्रस्ताव गरेको बताउँदै उनले अर्को महिना नेपाल भ्रमणा गर्ने बताए । यस्तै भारतीय उद्योग वाणिज्य हवाई र सहरी बिकास राज्यमन्त्री अरदिप सिङ पुरीसँग वार्ता गरेको पनि बताए । सो वार्तामा भारतले औषधि रोक्का गरेको, पाम आयल रोकेको देखि रेलसम्मको कुरा भएको बताए ।

भैरहवा र नेपालगन्जमा आइसिपी सन्चालनमा पनि उनले सकारात्मक प्रतिक्रिया दिएको दुगडले बताए । यस्तै भारतसाथ ट्यक्स फिर्तादेखि विभिन्न विषयमा छलफल भएकको र (भारतले शून्य भन्सारमा सामान ल्याउन भनेको बताउँदै दुगडले भारतले निर्यातको सुरक्षा दिन्छौ भनेका पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL