Logo

करोडौं ठगीका आरोपित काठमाडौं भ्यूटावरका मुख्य ठेकेदार मनोज भेटवालद्वारा आत्मसमर्पण

करोडौं ठगीका आरोपित काठमाडौं भ्यूटावरका मुख्य ठेकेदार मनोज भेटवालद्वारा आत्मसमर्पण



काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा बन्न लागेको काठमाडौं भ्यूटावरका मुख्य ठेकेदार रहेका जलेश्वर सोछन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालले आत्मसमर्पण गरेका छन् । मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा पुगेर उनले आत्मसमर्पण गरेका हुन् ।

laxmi

ठगी आरोपमा प्रहरीको खोजी सूचीमा राखेका भेटवाल भागेर भारत पुगेका थिए । उनी मंगलबार बिहान भारतबाट आएर प्रहरी परिसर टेकुमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

भेटवालमाथि अहिलेसम्म ७५ लाख १० हजार ठगी गरेको चन्द्रसिंह धामीले उजुरी गरेका छन् । तर उनले करोडौं ठगेको आशंका गरिएका छ । उनीविरुद्द सिआईबिमा समेत ठगिको जाहेरी परेको छ। उनलाई आजै अदालतमा म्यादथप्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL