Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, यस्तो छ नेपाली बजारमा आजको मूल्य

सुनको मूल्यमा नयाँ रेकर्ड, यस्तो छ नेपाली बजारमा आजको मूल्य



काठमाडौं । मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ८२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुन मंगलबार बढेर ८२ हजार ७ सय रुपैयाँ पुगेको छ जुन अहिलेसम्मकै बढी हो । गत हप्ता एकैदिन १ हजार ८ सयले बढेर प्रतितोला ८२ हजार ५ सय पुगेको सुन मंगलबार पनि उकालो लागेको हो ।

laxmi

नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार मात्रै सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
यस्तै चाँदीको मूल्य भने मंगलबार १० रुपैयाँले ओरालो लागेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।

विश्वबजारमा चीनबाट फैलिएको कोरोना भाईरसका कारण डलर, सेयरबजार लगायतमा प्रभाव पर्दा सुनको मूल्यमा ठुलो असर परेको हो । विश्व सेयरबजारमा समेत भारी उथलपुथलका बावजुद नेपाली बजारमा समेत यसको असर परेको विज्ञहरुको भनाई छ ।

आज विश्वबजारमा सुनको मूल्यमा ० दशमलव ६ प्रतिशतको गिरावट आउँदा सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय ६३ दशमलव ३५ डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL