Logo

अघिल्ला वर्षहरु जस्तो देखिएन काठमाडौंमा फागुपर्वको माहौल, काठमाडौं सुनसान (फोटोफिचर)

अघिल्ला वर्षहरु जस्तो देखिएन काठमाडौंमा फागुपर्वको माहौल, काठमाडौं सुनसान (फोटोफिचर)



काठमाडौं । आज रंगहरुको पर्व फागुपूर्णिमा । तर, हरेक वर्ष फागुपूर्णिमामा जस्तो उल्लास यसपटक काठमाडौंमा देखिएको छैन । सरकारले फागुपर्व नमनाउन आग्रह गरेपछि सोमबार काठमाडौंका सडक सुनसान देखिएका छन् । कोरोना भाईरसका कारण सरकारले सभा सम्मेलन तथा होली पर्व नमनाउनका लागि विज्ञप्तिमार्फत जानकारी दिईसकेको छ ।

laxmi

त्यस्तै प्रदेश सरकारहरुले समेत होली नमनाउन आग्रह गरिसकेका छन् । सोही कारण आज फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्वमा काठमाडौंका सडक सुनसान देखिएको हो । फागु पर्व पहिलो दिन हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाउने गरिन्छ भने दोश्रो दिन तराईमा मनाउने गरिन्छ । बन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु यसपटक कोरोना भाइरसको त्रासले प्रभावित भएको हो ।

विगतका बर्षहरुमा बिहानैदेखि तामझामका साथ परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने परम्परा भए पनि यस बर्ष भने कोरोना भाईरसका कारण सरकारले होली नखेल्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL