Logo

कुबेत र माल्टा पठाईदिने भन्दै ठग्थे श्रेष्ठ, २६ जनासँग लिइसकेका थिए साढे दुई करोड बढी रकम

कुबेत र माल्टा पठाईदिने भन्दै ठग्थे श्रेष्ठ, २६ जनासँग लिइसकेका थिए साढे दुई करोड बढी रकम



काठमाडौं । कुबेत र माल्टा पठाउने भन्दै करोडौ ठगी गर्ने बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

laxmi

कुबेत र माल्टाका परराष्ट्र अधिकारीहरुसँग आफ्नो चिनजान रहेको भन्दै श्रेष्ठले ठगी गर्ने गरेका थिए । प्रहरीले अर्घाखाँची घर भएका ३९ वर्षीय श्रेष्ठलाई साढे २ करोड बढी ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीका अनुसार श्रेष्ठलाई शनिवार नेपालगञ्जबाट पक्रउ गरिएको हो ।

माल्टा पठाइदिन्छु भन्दै श्रेष्ठले २६ जनाबाट प्रतिव्यक्ति ६–६ लाख लिएको र कुवेत पठाइदिन्छु भन्दै ३४ जनाबाट प्रतिव्यक्ति ४–४ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

श्रेष्ठले सुन्धारास्थित सिटीसी मलमा मसाज सेन्टर चलाउँदै आएका छन् । उक्त मसाज सेन्टरबाट ५६ थान पासपोर्ट बरामद भएको डिएसपी बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL