Logo

हिमाल पावरको महाप्रबन्धकमा शाह, जिम्मेवारी थपिएकोमा उत्साहित

हिमाल पावरको महाप्रबन्धकमा शाह, जिम्मेवारी थपिएकोमा उत्साहित


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबददाता

३ साउन, काठमाडौं । हिमाल पावर लिमिटेडको सञ्चालक समितिले डा. सन्दिप शाहलाई महाप्रबन्धकमा नियुक्त गरेको छ । उनी स्ट्याक्राफ्ट नेपालका देशीय निर्देशकको रुपमा कार्यरत थिए ।

डा. शाहले ९ वर्षदेखि नेपालमा एसएन पावर÷स्ट्याटक्राफ्टका नयाँ प्रोजेक्ट सुरु गर्ने कार्यहरुको अगुवाई तथा हिमाल पावरको सञ्चालनमा सहयोग गर्दै आएका छन् । नवनियुक्त महाप्रवन्धक डा. शाहले जिम्मेवारी थपिएकोमा उत्साहित भएको बताए । ‘म नेपाल विद्युत प्राधिकरण, नेपाल सरकार, स्थानीय समुदाय, शेयरहोल्डर, संचालक समिति, हिमाल पावर लिमिटेडका कर्मचारी तथा सम्पूर्ण स्टेकहोल्डरहरुसँग एकदम नजिक रही कार्य गर्नेछु’ उनले भने ।

युनिभर्सिटी अफ टोरोन्टोबाट स्नातकोत्तर र विद्यावारिधी गरेका शाह २३ वर्षदेखि जलविद्युत क्षेत्रमा सक्रिय छन । करीअरको सुरुवातमा उनी भोटेकोशी पावर कम्पनीका महाप्रबन्धक र ९ वर्षसम्मका लागि इण्डिपेन्डेन्ट पावर प्रोड्युसर्स एशोसियशन नेपालका अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL