Logo

बाणिज्य बिभागले उठायो ८ महिनामा ७ करोड रुपैयाँ राजस्व, अनुगमन र कारवाहीमा थप तीव्रता ल्याउने

बाणिज्य बिभागले उठायो ८ महिनामा ७ करोड रुपैयाँ राजस्व, अनुगमन र कारवाहीमा थप तीव्रता ल्याउने



काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले चालु आर्थिक बर्षको ८ महिनामा ७ करोड २ लाख ११ हजार ८ सय ९९ रुपैयाँ राजस्व संकलन गरेको छ । बिभागले साउन १ देखि फागुन ४ गते सम्ममा दर्ता भएका नीजि तथा साझेदारी फर्म, एजेन्सी र कम्पनी गरि ६ हजार ५ सय ४८ तथा अन्य ७ हजार ३ सय ५६ प्रशासनिक कारवाहीबाट उक्त राजस्व संकलन गरेको हो ।

laxmi

बिभागले आव २०७६/७७ मा १ हजार ब्यापारिक फर्महरुको अनुगमन गर्ने भनिए पनि माघ मसान्तसम्ममा ११ सय ६४ पुगेको साथै वार्षिक लक्ष्यलाई पुनरावलोकन गरि सुरुको लक्ष्य भन्दा दोब्बर गरि २ हजार र्फमको अनुगमन गर्ने निर्णय गरेको बिभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले जानकारी दिए । यस बर्ष हालसम्ममा कुल राजस्व १४ करोड ६६ लाख रुपैयाँ पुगेको समेत उनले जानकारी दिए ।

बिभागलाई थप ब्यवस्थित गर्न थप मापदण्डहरुको निर्माणका लागि पहल भईरहेको समेत उनले जानकारी दिए । त्यस्तै अनलाईन ट्रेडिङको कानूनी मस्यौदाको लागि टिओआर तयार भईरहेको, नियमितरुपमा अनुगमन सम्वन्धि विवरण वेवसाईटमा राख्ने कार्य गरिएको सुवेदीले जानकारी दिएका छन ।

त्यस्तै विभागले गरिमा धानको बउिको आयात तथा बिक्री वितरणमा अनियमितता गरेको भन्दै बिभिन्न फर्महरुलाई समेत कारवाही गरेको छ । बिभागले किसानले दिएको उजुरी तथा बिज्ञहरुले गरेको अध्ययन प्रमाणका कागजातसहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट प्राप्त फाईल अध्ययनका आधारमा आयातकर्तालाई ३ लाख र बिक्रेतालाई २ लाख रुपैयाँको दरले जरिवाना गरेको छ ।

गरिमा धानको बीउ भन्दै अन्य जातका धानको बीउ वितरण गर्ने सनराईज एग्रिकल्चर रिसर्च प्रालिलाई ३ लाख रुपैयाँ र तनहुँ विज भण्डार, जमील विज भण्डार, घिमिरे एग्रोभेट, लालीगुँरास एग्रोभेट, स्वर्गद्धारी उग्री नेपाल, जनता एगोभेटलगायत १७ बिभिन्न फर्महरुलाई २ लाख रुपैयाँको दरले जरिवाना गरेको छ । त्यसतै बिभागले उपत्यका भित्र र उपत्यका बाहीर गरि १ करोड ५३ लाख ६६ हजार ९ सय ८८ रुपैयाँ बराबरको म्याद नाघेको सामग्री नष्ट गरेको छ ।

बिभागले विस्कुट र चकलेट गरि करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको म्याद नाघेका बस्तुहरु नष्ट गरेको समेत जानकारी दिएको छ भने अनलाईन सपिङ कम्पनीलाई समेत जरिवाना गरेको जानकारी दिएको छ । यस्तै महानिर्देशक सुवेदीले गलत ढंगले मूल्य वृद्धि गरि उपभोक्तार्ला महँगो उत्पालन किन्न बाध्य पारेको भन्दै ह्याचरी उद्योगलाई कारवाही गर्ने क्रममा रहेको समेत बताए । उनले भने, ‘कारवाही गर्न केही ढिला भएको हो । कुखुराको चल्ला तथा अण्डा नष्ट गरेको घटना र मूल्यवृद्धिबीच सम्वन्ध रहेको पुष्टि गरि आवश्यक कारवाहीको प्रकृयामा छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL