Logo

मेटाबिल्ड परियोजनाको समापन, नेपालको उद्योग क्षेत्रमा मेटाबिल्ड उपयोगी हुने गोल्छाको धारणा

मेटाबिल्ड परियोजनाको समापन, नेपालको उद्योग क्षेत्रमा मेटाबिल्ड उपयोगी हुने गोल्छाको धारणा



काठमाडौं । यूरोपियन युनियनको आर्थिक सहयोगमा संचालित रिसोर्स एफिसियन्ट क्लिनर प्रोडक्सन सम्वन्धी मेटाबिल्ड नामाकरण गरिएको स्वीच एसिया प्रोजक्टको समापन भएको छ । सोमबार होटेल सांङ्ग्रिलामा वातावरण तथा आर्थिक विकास समाज नेपाल (सिड नेपाल) का अध्यक्ष बलबहादुर प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रमा परियोजना समापनको घोषणा गरिएको हो ।

laxmi

यस परियोजनाको मुख्य उद्देश्य निर्माण तथा भवनमा प्रयोग हुने सामानहरु उत्पादन गर्ने धातु उद्योगहरुमा साधन दक्ष स्वच्छतर उत्पादन लागु गरी श्रोत–साधन बचाउने र प्रदुषण न्यूनिकरण गरी वातावरणमा सुधार ल्याउने हो । कार्यक्रममा स्वागत भाषण गर्दै र प्रधानले सिड नेपालको कार्यक्षेत्र र मेटाबिल्ड प्रोजेक्टको सफल कार्यान्वयन भएको बारे प्रकाश पारे । कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंधका वरिष्ट उपाध्यक्ष तथा यस कार्यक्रमको प्रमुख अतिथी श्री शेखर गोल्छाले गरेका थिए ।

नेपाल लगायत बंगलादेश, श्रीलंकामा गरी तिन देशहरुमा एकै साथ संचालित यस मेटाबिल्ड परियोजनाको समग्रः उपलब्धी बारे यस परियोजनाकी संयोजक श्री मालिनी बालकृष्णन्ले प्रस्तुत गरे । यस परियोजनाका ४०३ उद्योगहरुको सहभागिता भएको र ३,६२० विकल्पहरु कार्यान्वयन गरी निम्न अनुसारका उपलव्धि भएका छन् ।

बिद्युतको खपतमा कमी बार्षिक २ करोड ८२ लाख ९३ हजार युनिट, पानीको बचत बार्षिक ४ करोड २२ लाख ६८ हजार लिटर, सामानको बचत बार्षिक २ हजार ३ सय ७३ टन, कार्वनडाई अक्साइडको उत्सर्जनमा कमी बार्षिक ९ हजार ६ सय ८० टन भई युरो २६ लाख ७१ हजार ५सय ७० (तद् अनुसार करिव ने.रु. ३३ करोड ४० लाख) को बचत भएकोबारे बिस्तृत रुपमा प्रस्तुत गरे ।
त्यस्तै, सिड नेपालका कार्यकारी निर्देशक अमरबहादुर मानन्धरले यस परियोजनाबाट नेपालका ८ जिल्लाहरुमा संचालित ८२ उद्योगहरु बाट भएका उपलव्धिहरु बारे प्रस्तुत गरे ।

८२ उद्योगहरुमा ९८० विकल्पहरु सिफारिश भएकोमा ७२८ विकल्पहरु कार्यान्वयन भै विद्युतको बार्षिक बचत १ करोड ६ लाख युनिट, पानीको बार्षिक बचत ३४ हजार किलो लिटर, कच्चा पदार्थको बार्षिक बचत १,३८७ टन्, कार्वनडाई अक्साइडको उत्सर्जनमा कमी बार्षिक करिव ४ हजार टन् भई करिव नेरु. १० करोड लगानी गरी बार्षिक नेरु १४ करोडभन्दा बढी बचत भएको छ ।
उद्योहरुका तर्फवाट परियोजना सम्वन्धित आफ्नो अनुभव प्रस्तुत गर्ने क्रममा पञ्चकन्या स्टिल भैरहवाकोतर्फबाट उज्वल श्रेष्ठ, मैनावती स्टिल मोरंगका तर्फबाट रोहित अग्रवाल र हुलास वायर इन्डष्टिकजबाट संजीव झाले परियोजनाका बिज्ञहरुबाट दिइएका सुझावहरु कार्यान्वयन गरी भएका उपलव्धिहरु बारे प्रस्तुत गरे ।

यसरी उद्योगहरुमा साधनहरुको बचत भै उत्पादकत्वमा बृद्धी, वातावरण तथा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षामा सुधार भएको जानकारी गराउदै परियोजना, सिड नेपाल तथा दातृसंस्था युरोपियन युनियिनलाई धन्यवाद दिए । प्रमुख अतिथी शेखर गोल्छाले मेटाबिल्ड जस्तो परियोजना नेपालको परिपे्रक्ष्यमा अति आवश्यक भएको औल्याउदै सबै पक्षलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको परियोजना धातु क्षेत्रको साथै अन्य क्षेत्रमा पनि कार्यान्वयन गर्नुपर्ने र उद्योग वाणिज्य महासंघले पनि पहल गर्ने बताए । साथै कार्यक्रममा काठमाडौं तथा ललितपुरका यस परियोजनाका सहभागी उद्योगहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरे ।

यस परियोजनामा सहभागी ८२ उद्योगहरु मध्ये सुझावहरु उत्कृष्ट रुपमा कार्यान्वयन गर्ने १२ वटा उद्योगहरुलाई उत्कृष्टताको प्रमाणपत्र युरोपियन युनियन नेपालकी प्रतिनिधी डेपुटी हेड अफ कोअपरेसन इलोइसा एस्टुडिलो फर्नान्डेले दिएकी थिइन । यस कार्यक्रमको क्रममा यस परियोजनाबारे तयार गरिएको भिडियो डकुमेन्ट्रि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL