बजेट असार २९ गते ल्याइदै, जनमत संकलनका लागि जाने दिन पनि सर्यो


रामराजा श्रेष्ठ
11 July, 2015 4:53 pm

बिजखबर संबाददाता
२६ असार,काठमाडौं । सरकारले आर्थिक वर्ष २०७२र७३ को बजेट असार २९ गते सार्वजनिक गर्ने भएको छ ।

FoneLoan-250x250
yamaha

सभामुख सुवास नेम्वाङले असार २८ गते बजेट ल्याउन आग्रह गरेपनि सरकारले नसक्ने भन्दै असार २९ गते पेश गर्न लागेको जानकारी दिए । बजेट एक दिन ढिला हुँदा सभासदहरु जनमत संकलनका लागि जाने दिन पनि सरेको उनले जानकारी दिए ।

बजेट पेश भएर पेश्की बजेट पारित गरेपछिमात्र सभासदहरु जिल्ला जान पाउने छन् । साउन १ गतेमात्र उनीहरु निर्वाचन क्षेत्रहरुमा परिचालित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्