बिजखबर संबाददाता
२६ असार,काठमाडौं । सरकारले आर्थिक वर्ष २०७२र७३ को बजेट असार २९ गते सार्वजनिक गर्ने भएको छ ।
सभामुख सुवास नेम्वाङले असार २८ गते बजेट ल्याउन आग्रह गरेपनि सरकारले नसक्ने भन्दै असार २९ गते पेश गर्न लागेको जानकारी दिए । बजेट एक दिन ढिला हुँदा सभासदहरु जनमत संकलनका लागि जाने दिन पनि सरेको उनले जानकारी दिए ।
बजेट पेश भएर पेश्की बजेट पारित गरेपछिमात्र सभासदहरु जिल्ला जान पाउने छन् । साउन १ गतेमात्र उनीहरु निर्वाचन क्षेत्रहरुमा परिचालित हुनेछन् ।