Logo

यस्तो छ साउथ ईन्डियन चलचित्रका नायिकाहरुको पारिश्रमिक

यस्तो छ साउथ ईन्डियन चलचित्रका नायिकाहरुको पारिश्रमिक



काठमाडौं । पछिल्लो समय दक्षिण भारतीय चलचित्रहरु नेपाली दर्शकको प्रिय बन्दै गएका छन । विश्वमै दक्षिण भारतीय चलचित्रहरु रुचाईने गरिन्छ । यस्तोमा त्यहाँका चलचित्रहरुले पनि अर्बाै रुपैयाँको व्यापार गर्ने गर्छन ।

त्यहाँ पुरुष अभिनेता अर्था हिरोहरुको पारिश्रमिक अहिले भारतीय चलचित्रका नायकहरुको जत्तिकै रहेको छ । तर कलिउड भनिने दक्षिण भारतीय चलचित्रका नायिकाहरुको पारिश्रमिक भने निकै कम रहेको छ ।

त्यहाँ नायिकाहरुले कति पारिश्रमिक पाउँछन होला ? पछिल्लो समय चलचित्र प्रेमी त्यसमा पनि दक्षिण भारतीय चलचित्र भनेपछि मरिहत्ते गर्ने जोकोहीको मनमा यो प्रश्न खडा भएको हुनपर्छ ।
हालै सार्वजनिक गरिएको एक प्रतिवेदन अनुसार दक्षिण भारतीय चलचित्रलाई उचाईमा पुर्याउन सफल अमला पउल र ज्योतिका राचसीलाई भने सन २०१९ मा ठुलो धक्का पुग्यो ।

सिने उलागमले सार्वजनिक गरेको प्रतिवेदन अनुसार उनीहरु दुबै जना धेरै पारिश्रमिक लिने उत्कृष्ट ५ नायिकाको स्थानसम्म पनि पुग्न सकेनन । पछिल्लो समय वुमेन सेन्ट्रीक सिनेमाहरुका कारण हालका नायिकाहरुको पारिश्रमिक समेत सोही अनुसार बढेको छ ।

यस्तो छ कलिउडका धेरै पारिश्रमिक पाउने ५ नायिकाको सूची :

१ नयन्थरा

उनले सन २०१९ मा एक सिनेमा खेलेवापत ५ करोड भारतीय रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ । वास्तविक नाम डायना म्यारियम कुरियन रहेकी उनी कलिवुडमा सबैभन्दा धेरै कमाउने नायिका हुन ।

२ अनुस्का सेट्ठी

अनुस्का सेट्ठी भने साढे २ करोड भारतीय रुपैयाँ पारिश्रमिक सहित धेरै कमाउने नायिकाको दोस्रो स्थानमा परेकी छन । उनले बाहुबली लगायतका फिल्म खेलेकी छन ।

३ काजल अग्रवाल

कलिवुड सिनेमा खेल्नका लागि काजल अग्रवालले सन २०१९ मा एक सिनेमावापत डेढ करोड पारिश्रमिक लिएकी थिईन । उनले उक्त पारिश्रमिक लिएपछि धेरै पारिश्रमिक लिने कलिउड नायिकाको तेस्रो स्थानमा परेकी छन ।

४ सामन्था रुथ

कलिवुड नायिका सामन्था रुथले पनि सन २०१९ मा एक सिनेमा खेलेवापत डेढ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको प्रतिवेदनमा उल्लेख छ । उनी धेरै पारिश्रमिक लिने कलिउड नायिकाको चौथो स्थानमा पर्दछिन ।

५ तृषा कृष्नन

दक्षिण भारतीय सिनेमामा धेरै पारिश्रमिक लिने नायिकाको पाँचौ स्थानमा भने तृषा कृष्नन परेकी छन । उनले सन २०१९ मा एक सिनेमा खेलेवापत १ करोड भारतीय रुपैयाँ कमाएकी छन ।

यस्तै कृती सुरेशले पनि १ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिनेगरेको प्रतिवेदनमा उल्लेख छ । उनी धेरै पारिश्रमिक लिने कलिउड नायिकाको छैठौं स्थानमा पर्दछिन ।

यस्तै हन्सीका मत्वानी, र्एश्वर्या राजेस, रस्मिका मान्दना लगायतका नायिकाहरुले भने सन २०१९ मा ७५ लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL