Logo

हिमपहिरोमा परेका ४ कोरियाली पर्यटकसँगै ३ नेपालीको उद्दार गर्न टानको आग्रह, खोजी तीव्र पार्न जोड

हिमपहिरोमा परेका ४ कोरियाली पर्यटकसँगै ३ नेपालीको उद्दार गर्न टानको आग्रह, खोजी तीव्र पार्न जोड



काठमाडौं । अन्नपूर्ण बेस क्याम्पमा गत शुक्रबार परेको हिमपहिरोमा परि हराएका ४ जना कोरीयाली नागरिक र ३ जना नेपाली नागरिकको अवस्था हालसम्म जानकारीमा आउन सकेको छैन् ।

शुक्रबार हिमपातका कारण कास्की देउराली नजिक पर्ने अन्नपूर्ण बेस क्याम्पमा पदयात्रामा गएका ४ जना कोरियाली नागरिकहरु र ३ जना नेपाली नागरिक अझै सम्पर्कमा नआएको ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले जानकारी दिएको छ ।

कोरियाली नागरिक झिओङ पिल बोङ, लि मिन सु, चोई होयोन र किम सोकजा रहेका छन भने नेपाली नागरिकहरुमा सरोज परियार, छिरिङ भोटे र मिन बहादुर लामा सो घटनामा परि हालसमम वेपत्ता रहेको टानले जानकारी दिएको छ ।

साथै ति सम्पर्कविहिनहरुको खोजी कार्यको लागि टानले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कास्की जिल्ला प्रशासन कार्यलय, अन्नपूर्ण गाउँपालिका र नेपाल प्रहरीलाई आग्रह गरेको छ । टानले एक बिज्ञप्ति जारी गर्दै तीन दिनसम्म खोजी तथा उद्धार कार्यमा सक्रिय भएर सहयोग गर्दै आएकोमा टान पश्मिाञ्चल संघ पोखराका कार्यसमिति, युनिट्राभका सदस्यहरु, अखिल नेपाल पर्यटन मजदुर संघ, अन्नपूर्ण गाउँपालिका, पर्यटक प्रहरी, स्थानीयबासी लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।

टान पोखराले सोही हिमपहिरोमा परि घाइते भएका एकजना चाइनिज नागरिक झाङ इन र एकजना पर्यटक सहयोगी जगदिश खत्रीलाई उद्धार गरि पोखरा फेवासिटी अस्पतालमा उपचार भइरहेको र पदयात्रामा गएका १३० जना पदयात्रीहरुलाई उद्धार गरि छुम्रुङ र पोखरामा ल्याईएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL