Logo

जेफ बेजोसले फेरी गुमाए विश्वकै धनिको पहिलो स्थान

जेफ बेजोसले फेरी गुमाए विश्वकै धनिको पहिलो स्थान



काठमाडौं । विश्वकै धनी जेफ बेजोस पुनः विश्वकै पहिलो स्थानबाट दोस्रोमा झरेका छन । उनको कम्पनी एमेजोनको शुक्रबार सेयरमूल्य शुन्य दशमलव ७ प्रतिशतले घटेपछि विश्वकै दोस्रो धनीको स्थानमा पुगेका हुन ।

१ सय १६ दशमलव ६ विलियन डलर सम्पत्तीसहितका धनी उनको कम्पनीको सेयर बजारमा मूल्य शुन्य दशमलव ७ प्रतिशत अर्थात ७ सय ६० मिलियन डलरले घटेको छ । उनको कम्पनीका लागि यो सानो रकम भएपनि फोब्र्सको दुनियामा यसले उनको पहिलो स्थानलाई दोस्रो स्थानसम्म धकेलेको छ ।

बेजोसले आफ्नो स्थान गुमाउँदा विश्वकै धनीको सुचिको पहिलो स्थानमा एलभीएमएचका कार्यकारी संस्थापक बर्नाड आर्नल्ट पुगेका छन । उनको कम्पनीले शुक्रबार १ दशमलव ९ विलियन डलर कमाएको छ । शुक्रबार उनको कम्पनीको सेयरमूल्य शुन्यशुन्य दशमलव ७ प्रतिशतले बढेको थियो । उनको हालको सम्पत्ती १ सय १७ विलियन डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL